जातीय विभेदको विरुद्ध कैलालीमा अखिल क्रान्तिकारीको प्रदर्शन

जातीय विभेदको विरुद्ध कैलालीमा अखिल क्रान्तिकारीको प्रदर्शन

अत्तरिया : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति कैलालीले जातीय विभेद तथा छुवाछूतविरुद्ध कैलालीको अत्तरियामा प्रदर्शन गरेको छ ।

उक्त विरोध प्रदर्शन कार्यक्रमलाई सङ्गठनका जिल्ला संयोजक सुबास किरण जोशीले सम्बोधन गर्दै समाजमा जातीय विभेद तथा छुवाछूतका घटना दिनप्रतिदिन बढ्दै गइरहेको र यसले भविष्यमा अझैँ बिकराल रुप लिने भएकाले सरोकार वाला निकायलाई गम्भीर बन्न अपिल गरे । उनले जातीय विभेद तथा छुवाछूतको घटना घट्नुमा यो दलाल संसदीय व्यवस्था र सरकार नै मुख्य दोषी भएकोले अब आम जनसमुदायले यो व्यवस्थाविरुद्ध र समाजमा हुने विभिन्न खाले छुवाछूत तथा विकृति बिसङ्गतिविरुद्ध प्रतिरोध सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । विद्यमान अवस्थामा रहेको जात व्यवस्थालाई पक्षपोषण गर्नुमा दलाल राज्य व्यवस्था नै जिम्मेवार रहेको बताउँदै यसको हल वैज्ञानिक समाजवादमा मात्र हुने जोशीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :