सुर्खेतमा नेकपाको जनसम्बन्ध विस्तार अभियान

सुर्खेतमा नेकपाको जनसम्बन्ध विस्तार अभियान


जगदिशनाथ याेगी राजकुमार
       नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान उद्घाटन गरेको छ।” संगठन विस्तार तथा जनसम्बन्ध सुदृढ अभियान सफल पारौ। वैज्ञानिक समाजवादकाे पक्षमा जनमत सृजना गराैँ ।” भन्ने मुल नाराका साथ  वीरेन्द्रनगरमा अभियान सञ्चालन भएकाे हो ।
अभियान उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि एटम बि.सी.ले संसदिय वारवस्थाले देशमा भ्रष्टाचार बढेको भन्दै सुशासन र समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।सर्वपक्षिय राजनैतिक समिक्षा सभा गर्दै सबै राजनैतिक पार्टीले आफ्ना कमजोरीबाट शिक्षा लिएर प्रगतिशील संयुक्त सरकार निर्माण गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको उल्लेख गरे । वैज्ञानिक समाजवाद ठिक कि दलाल संसदिय व्यवस्था भन्ने बिषयमा जनमत संग्रह गराएर जनतालाई देशमा कस्तो  व्यवस्था चाहिन्छ भनेर फैसला गर्न दिनुपर्ने उनको भनाई थियो। अभियानले जनता र पार्टीको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्दै हरेक तहका जनतालाई संगठनमा जोड्न कार्यकर्तालाई निर्देशन दिए ।
अतिथि लछिराम ढकालले जनमत संग्रहकाे महत्व र मर्म बुझेर सफल गराउन याे अभियान चलाउनु पर्ने जरुरी रहेकाे धारणा व्यक्त गरे ।
    जनसम्बध विस्तार अभियान जनपत्रकार संगठन नेपाल केन्द्रीय सदस्य जगदिशनाथ याेगी ( राजकुमार ) सहीद परिवार समाज केन्द्रिय सदस्य ऐना धमाला, अखिल नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, अखिल क्रान्तिकारी सुर्खेतका जिल्ला उपाध्यक्ष माेहन धामी लगायतको सहभागिता  रहेकाे थियाे।  सहिद प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुरू भएको उक्त कार्यक्रमको  विरेन्द्रनगर सुर्खेत का ईन्चाज यमराजले अध्यक्षता गरेेेेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :