नेकपा कालिकोटद्वारा जिल्लाका विभिन्न ठाउँमा जनप्रदर्शन

नेकपा कालिकोटद्वारा जिल्लाका विभिन्न ठाउँमा जनप्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले आज जिल्लाका विभिन्न ठाउँमा व्यापक जनप्रदर्शन गरेको छ ।  जिल्लाको सान्नी त्रिबेणी, नरहरीनाथ, राष्कोट, पचालझरना, पलाता लगायतका ठाउँहरुमा नेपाल सरकारसँग नेकपाले गरेको ३ बुँदे सहमति कार्यन्वयनका निम्ति दबाब, गिरप्तार केन्द्रीय सदस्य रणविर लगायतका नेता तथा कार्यकर्ता रिहा, झुठ्ठा मुद्दा खारेजी लगायतका मुद्दालाई लिएर व्यापक प्रदर्शन गरेको छ ।

जिल्लाको राष्कोट नगर कमिटीले आयोजना गरेको आरसिपी बजारमा गरिएको प्रदर्शनपछिको कोणसभालाई जिल्ला सल्लाहाकार समितिका संयोजक छत्र बहादुर बम र जिल्ला कमिटी सदस्य निर्देशनले सम्बोधन गरेका थिए भने सान्नी त्रिबेणीमा जिल्ला कमिटी सदस्य सितल, गाउँ कमिटी इन्चार्ज अरिकल र युवाका अध्यक्ष गोबिन्द्र बुढाले सम्बोधन गरेका थिए भने नरहरीनाथमा अखिल क्रान्तिकारी कालिकोटका अध्यक्ष धनराजले गरेका थिए ।

सम्पूर्ण वक्ताहरुले नेपाल सरकारसँग गरिएको ३ बुँदे सहमति इमान्दारपूर्ण कार्यन्वयन गर्नुपर्ने, नेताकार्यकर्ता विना सर्त रिहा गर्नुपर्ने, झुठ्ठामुद्दा खारेज गर्नुपर्ने धारणा राखेका थिए । यदि सरकारले इमान्दारपूर्ण ढंगले कार्यन्वयन नगरे कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको जिल्ला कमिटी सदस्य निर्देशनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :