अखिल (क्रान्तिकारी) बर्दियाले स्थानीय तहमा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) बर्दियाले स्थानीय तहमा ज्ञापनपत्र बुझायो

बर्दिया: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बर्दियाले शिक्षासँग सम्बन्धीत सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । संगठनले गेरुवा गाउँपालिका शिक्षा प्रमुख नवराज अधिकारी, राजापुर नगर शिक्षा प्रमुख दल बाहादुर चौधरी, ठाकुर बाबा नगर शिक्षा प्रमुख सीता भण्डारी , बारबर्दिया नगर शिक्षा प्रमुख टीका गोसाई, लगाएत शिक्षा प्रमुखलाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

लकडाउनको कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गइरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षा, सामुदायिक विद्यालयहरूले अङ्ग्रेजी माध्यमका नाममा चर्को शुल्क असुलिरहेको भन्दै शुल्क असुली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । सरकारी विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने, भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने, निजी विद्यालयद्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रम, पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने, शिक्षक, कर्मचारीमाथिको बौद्धिक शोषण अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) का बर्दिया, जिल्ला अध्यक्ष हरि प्याकुरेलले कोरोना कारण दैनिक जीवनयापन समेत गाह्रो परिरहेको बेला केही निजी र सामुदायिक विद्यालयहरूले लुट मच्चाइरहेको भन्दै अविलम्ब रोक्न माग गरे । मागलाई कार्यन्वयन नगरे कारबाही गर्ने चेतावनी दिए । अध्यक्ष प्याकुरेलले मागहरू कार्यन्वयन नभए कडा संघ्रमा जाने चेतावनी समेत दिए ।

ज्ञापनपत्र बु्झ्दै शैक्षिक विकृत्ति नियन्त्रण गर्न अखिल (क्रान्तिकारी) सँग सहकार्य गरेर काम गर्ने नगर शिक्षा प्रमुख दल बाहादुर चौधरीले बताए । कार्यक्रममा अखिल (क्रान्तिकारी) सुर्खेत बर्दिया इन्चार्ज लोकेश जोशी, अध्यक्ष हरि प्याकुरेल, सहसचिव बलराम भण्डारी, सचिवालय सदस्य रमेश प्याकुरेल, कमिटी सदस्य हिमाल भण्डारी लगायतका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :