सुकुमबासी

कविता

धन भएर पनि
मनका सुकुमबासीहरू
सम्पत्ति भएर पनि
गरिब सर्वहाराहरू
छुट्टाउनै गाह्रोछ यहाँ
यहाँका सुकुमबासी को हो
जनता आफैँले छानबिन गर्नै पर्छ
नेताको अगिपछि लाग्यो भने
धनदौलत हुनेले पनि सुकुमबासी फारम भर्छ
पावरको फुर्ती लागाउँदै कृते सहिछाप गर्छ
लाज शरम पचाएर करोडौँको सम्पत्ति पनि ह्र्प्छ
कठै मेरो देश
खोलाको किनारमा बस्ने हर्के
एकछाक टार्न ठेला गुराउछ
अर्कि मनमती बल्ल तल्ल सानो
घुम्ती किनेर चक्लेट बिस्कुटको पसल चलाउछि
दुइचार पैसा कमाउछि
तेही सानो संसारमा स्वर्ग सम्झिएर रमाउछि
आउछ जनप्रतिनिधि सुटबुटमा सजिएर
कहि नभएको भलादमी गजक गजिएर
निर्दयी मनमुटुनै नभए जस्तो
गर्छ आदेश भत्काउने र फाल्ने
थोरै सामान पनि झिक्न नपाउँदै
चलाउछ डोजर जलाउछ बस्ती
बनाइदिन्छ खरानी
कुनै विकल्प बिनानै घरबार बिहीन
बनाइदिन्छ मानव प्राणी
प्राकृतिक प्रकोप पनि उस्कै झुपडीमा आउछ
मानव पनि दानव बनेर धाउछ
सुकुमबासीलाई झन सडकबासी बनाउछ
हो यस्तैछ मेरो देश
सधैँ निर्दोशहरूलाई सताउछ
बोलौन हो बोलौँ
किन सधैँ मुख चुप लाएर हेर्ने
नेता फेरियो सरकार फेरियो
मजदुर किसान र सुकुमबासीको
दिनचर्या कैलै फेरिएन
बोल्नै पर्छ सचेत नागरिक
कति हिड्ने हो एउटै बाटो
अब त बाटो फेर्नै पर्छ
बिरङ्गन बहसको थालनी गर्दै
व्यवस्था फेर्ने बाटोमा हातेमालो
गरेर अघि बढनै पर्छ ।

२२ साउन, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :