नेकपा बारबर्दिया नगरको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा बारबर्दिया नगरको प्रथम पूर्ण बैठक सम्पन्न

बर्दियाः नेपाल कम्युनिस्ट पार्टी, बर्दिया जिल्ला अन्तर्गत बारबर्दिया नगरको प्रथम पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै बर्दिया जिल्ला सेक्रेटरी तथा प्रमुख अतिथि गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनीति योजना जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट पारे । उनले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउदै सबै देशभक्त क्रान्तिकारी कम्युनिस्ट सच्चा लोकतन्त्रवादी शक्ति बिचको सहकार्यको आवश्यक रहेको बताए ।

एक फरक प्रसंगमा सेक्रेटरी गणेशले संसदीय व्यवस्था स्विकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना नगर्न प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताए । आफूहरुले बिद्रोह संसदीय व्यवस्था विरुद्ध गरेकाले यो व्यवस्थालाई ध्वस्त गरि छाड्ने अठोट व्यक्त गरे ।

अखिल (क्रान्तिकारी) बर्दियाका जिल्ला इन्चार्ज तथा बारबर्दिया नगर इन्चार्ज लोकेश राज जोशीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकले उत्पादनमा जोड दिने निर्णय गर्दै दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नै बताए । नेकपा बारबर्दिया नगर सेक्रेटरी रमेश विकले सञ्चालन गरेका थिए ।

नगरको प्रथम पूर्ण बैठकले १५ सदस्यीय नगर समिति चयन गरेको लोकेश राज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :