किर्तिपुर र चन्द्रागिरी नगर समितिको संयुक्त अभियानको उद्घाटन

किर्तिपुर र चन्द्रागिरी नगर समितिको संयुक्त अभियानको उद्घाटन

`टोलटोलमा जाऔँ, गल्लि गल्लिमा जाऔँ, वैज्ञानिक समाजवादको लहर फैलाऔँ` भन्ने मूल नाराका साथ जनसेवा तथा संगठन विस्तार अभियानको दोश्रो दिंन किर्तिपुरमा सुरु गरिएको छ ।

किर्तिपुर नगर समिति र चन्द्रागिरी नगर समितिको संयुक्त आयोजनामा बिहीबार अभियानको उद्घाटन गरिएको छ ।
अभियानको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य सुदर्शनले गरेका छन् ।

चन्द्रागिरी नगर समितिका इन्चार्जको प्रविणको अध्यक्षतामा भएको अभियान उद्घाटन कार्यक्रममा काठमाडौं महानगर कमिटीका इन्चार्ज तुलसीनारायण महर्जन, नेवा मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जन तथा अन्य नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेता सुदर्शनले अभियानमा पार्टीले अघि सारेका प्रगतिशिल संयुक्त सरकार, जनमत संग्रह तथा वैज्ञानिक समाजवाद बारे कही कतै विचलन नभई निडरताका साथ जनता माझ राख्न निर्देशन दिए । त्यस्तै काठमाडौं महानगरका इन्चार्ज तुलसीनारायण, घाइते तथा नेवाः मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुरेन्द्र महर्जनले पनि बोलेका थिए ।

स्वागत मन्तव्य किर्तिपुरका नगरका इन्चार्ज निश्चलले राखेका थिए भने कार्यक्रमको सञ्चालन चन्द्रागिरी नगर समितिका सेक्रेटरी बाबुकाजी शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :