नेकपा बारबर्दिया नगरको बैठक सम्पन्न

नेकपा बारबर्दिया नगरको बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पाटी बारबर्दिया  नगरको प्रथम पुर्ण बैठक बिहीबार सम्पन्न भएको छ।नेकपा बर्दिया जिल्ला सेक्रेटरी गणेश चौधरीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै बर्दिया सेक्रेटरी तथा बैठकका प्रमुख अतिथि गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनैतिक योजना जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्ति र तीन बुँदे सहमति बारे स्पष्ट पारेका थिए।

उनले संसदीय व्यवस्था चरम संकटमा पुगेको बताउँदै सबै देशभक्त क्रान्तिकारी कम्युनिस्ट र सच्चा लोकतन्त्रवादी शक्ति बिचको सहकार्य आवश्यक रहेको बताए।

सेक्रेटरी गणेशले आफ्नो पार्टी संसदीय व्यवस्था स्विकार गरेर वार्तामा नआएको स्पष्ट पार्दै पार्टी विरूद्ध सिर्जना गरिएका भ्रमहरूको भण्डाफोर गर्न निर्देशन दिए।
बैठक बारबर्दिया  नगर  सेक्रेटरी रमेश बिकले सञ्चालन गरेका थिए भने इन्चार्ज लोकेश राज जोशीको अध्यक्षता सम्पन्न  भएको थियो। बैठकले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने निर्णय गरेको इन्चार्ज लोकेश जोशीले जानकारी दिए।
नगरको प्रथम पुर्ण बैठकले १५ सदस्यीय नगर समिति पुनर्गठन गरेको समेत उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :