अभियान चलाउँदै जनताबीच नेकपा बैतडी

अभियान चलाउँदै जनताबीच नेकपा बैतडी

नेपाल कम्युनिष्ट पार्टी बैतडीले गाउँ गाउँमा अभियान सञ्चालन गरिरहेको छ। पछिल्लो समय बैतडी जिल्लाका विभिन्न स्थानहरूमा जनभेटघाट तथा संगठन सुदृढीकरण अभियान चलाउँदै जनतासँग एकाकार हुँदै अभियान चलाइरहेको हो ।

मद्यपान, जुवातास सामाजिक विकृत्ति, विभेद नियन्त्रण जस्ता सामाजिक रूपान्तरणका क्षेत्रमा जनतालाई जागरण पैदा गरिरहेको बैतडी सेक्रेटरी हरिश दयाल अर्जुनले जानकारी दिए।

अभियानका क्रममा जनजागरण संगै संगठन विस्तार समेत गरिरहेको टोलीले मंगलबार पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ४ मा ११ सदस्यीय वडा समिति गठन गरेको थियो भने बिहीबार दशरथ चन्द नगरपालिकामा शहीद परिवार भेटघाट तथा अन्तरक्रिया गरेको छ ।अभियानले जनतामा जागरण पैदा गरिरहेको ,पार्टी र जनताबिचको सम्बन्ध स्थापित भईरहेको सेक्रेटरी अर्जुन ले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :