एमसिसि विरुद्ध क्रान्तिकारी माओवादीको विरोध प्रदर्शन

एमसिसि विरुद्ध क्रान्तिकारी माओवादीको विरोध प्रदर्शन

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीले अत्तरियामा विरोध प्रदर्शन गरेको छ। भारतीय सिमा सुरक्षा बलले दार्चुलामा तुइन काटेर गरेको जयसिंह धामीको हत्या र मिलनियम च्यालेन्ज कर्पोरेसन (MCC)विरुद्ध अत्तरियामा विरोध प्रदर्शन गरेको हो ।

अत्तरियामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई लाई नेकपा क्रान्तिकारी माओवादीका कैलाली सचिव रूद्र कँडेलले सम्बोधन गरेका थिए।कोणसभालाई सम्बोधन गर्दै कँडेलले भारतीय साम्राज्यवादले नेपालको राजनीतिदेखि सिमानासम्ममा अतिक्रमण गरिरहेको भन्दै राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सम्पूर्ण जनतालाई एकजुट हुन आव्हान गरे। दार्चुलामा तुइन काटेर जयसिंह धामीको हत्या गरेको भन्दै यस्ता अमानवीय कार्य विरुद्ध क्रान्तिकारी माओवादी संघर्षमा ऊत्रिने घोषणा गरे।

मिलनियम च्यालेन्ज कर्पोरेसनको माध्यमबाट नेपालमा अमेरिकी सेना भित्र्याउने षडयन्त्र भइरहेको बताउँदै MCC खारेज गरिनुपर्ने उनको भनाई थियो। कोणसभालाई गोदावरी नगर इन्चार्ज टंक कोइराला, देशभक्त जनवादी मोर्चाका लोग बहादुर बि.क लगायतले सम्बोधन गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :