भ्रष्ट र दलालहरुलाई निसाना बनाउन नछोडेको र जनकारवाही जारी नै रहेको छः विजय

भ्रष्ट र दलालहरुलाई निसाना बनाउन नछोडेको र जनकारवाही जारी नै रहेको छः विजय

डडेल्धुराः नेत्र विक्रम चन्द विप्लवनेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका डडेल्धुरा जिल्ला सेक्रेटरी टिका राना विजयले भ्रष्ट र दलालहरुलाई निसाना बनाउन नछोडेको र जनकारवाही जारी नै रहेको बताएका छन् ।

नेकपा आलिताल गाउँ कमिटीको तेस्रो पुर्ण बैठकका प्रमुख अतिथि विजयले बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । पछिल्लो समय आफ्ना पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछि समाजमा भएका भ्रष्ट र दलालहरुले शक्ति र पहुँचको भरमा जनतालाई दुःख दिने काम गरिरहेको सुन्नमा आएको र यस्ता भ्रष्टलाई आफूहरु कुनै पनि हालतमा नछोड्ने र फेरि पनि जनकारवाही गर्ने चेतावनी दिएका छन् ।

दलाल संसदिय व्यवस्थालाई केही पुँजीपति मतियारले मुठ्ठीभर लिइसकेको र यो व्यवस्थाले श्रमजिवी जनताका मागलाई सम्बोधन नगर्ने समेत बताएका छन् । उनले अहिलेको यो दलाल व्यवस्थाले नेपाल र नेपालीको सार्वभौम अधिकार र स्वाधिनताको रक्षाको गर्न नसक्ने र यो व्यवस्था भित्रका राज्य सञ्चालकहरुले विदेशी शक्तिसामु घुँडा टेकिरहेको समेत दाबी गरे । पछिल्ला समयका सबै राजनीतिक घटनाक्रमले आफ्नो सत्ता बचाउन र आफु सत्तामा जान विदेशी शक्तिहरुको सहायता लिइरहेको भन्दै जसले गर्दा सिंगो राष्ट्रलाई नै विदेशीहरुको इसारामा चल्ने बनाइसकेका, जनताका माग र समस्यालाई गुमराहमा राखि सबै दल र दलका नेताहरुले आफ्नो स्वार्थ मात्रै पूरा गर्ने बाटो यो दलाल व्यवस्थालाई बनाएका, यो संसदीय व्यवस्था फेल भइसकेको र अब जनताका माग र समस्यालाई सम्बोधन गर्ने एक मात्र उपाय वैज्ञानिक समाजवादी व्यवस्था रहेको बताए । जुन व्यवस्था पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले ल्याएरै छाड्ने बताएका छन् । त्यसका निम्ति सबै उत्पिडित जनताले हाम्रो संघर्षमा साथ दिन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :