नेकपा वीरेन्द्रनगर नगर कमिटी सुर्खेतको तेस्रो पूर्ण बैठक सम्पन्न

नेकपा वीरेन्द्रनगर नगर कमिटी सुर्खेतको तेस्रो पूर्ण बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी वीरेन्द्रनगर नगर कमिटी सुर्खेतको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा सुर्खेत दैलेख इञ्चार्ज रविले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादमा पुग्नका लागि तत्काल प्रगतिशील संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवाद कि दलाल संसदवाद भन्ने विषयमा जनमत संङ्ग्रहमा जानु पर्ने जरुरी रहेको बताएका छन् । यो व्यवस्थाले २००७ सालदेखि आजसम्म आउँदा देश र जनताको अहित राष्ट्रघात र जनघात बाहेक अरु केही पनि दिन नसकेको बताए । त्यसैले यो व्यवस्थालाई जनमत सङ्ग्रहको माध्यमबाट फालेर राष्ट्रिय स्वाधीनता, जनजीविका लगायतका जनताका सम्पूर्ण हक अधिकारको सुनिश्चिततासहितको व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता भएको दाबी गरे ।

नगर कमिटीको पूर्णता, वडा कमिटी भेला गठन पुनर्गठन गर्ने निर्णय गरिएको र उपस्थित सम्पूर्णबाट अनुभूतिमूलक रिपोर्ट र सल्लाह सुझाव राखिएको उक्त बैठकको अध्यक्षता नगर कमिटी सेक्रेटरी प्रेम शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :