युवा संगठन नेपाल बैतडीले भ्रष्टाचारीको भण्डाफोर गर्ने

युवा संगठन नेपाल बैतडीले भ्रष्टाचारीको भण्डाफोर गर्ने

युवा संगठन नेपाल बैतडीको विस्तारित बैठक सम्पन्न भएको छ।बैठकमा संगठनका केन्द्रिय सदस्य श्याम भट्ट प्रमुख अतिथि रहेका थिए भने नेकपा बैतडी सेक्रेटरी अर्जुन विशिष्ट अतिथि रहेका थिए।
बैठकमा प्रमुख अतिथि श्याम भट्टले भारतीय साम्राज्यवादले दार्चुलाका जयसिंह धामीको हत्या गरेको बताउँदै राष्ट्रिय स्वाधीनता र सुरक्षाका लागि सम्पूर्ण युवाहरूलाई संगठनमा जोड्न निर्देशन दिए।
विशिष्ट अतिथि नेकपा बैतडी सेक्रेटरी अर्जुनले एकीकृत जनक्रान्तिलाई गन्तव्यसम्म पुर्‍याउन युवाहरूको महत्वपूर्ण योगदान रहने भन्दै राजनीतिक, सामाजिक रूपान्तरणको नेतृत्व लिन अनुरोध गरे। बैठक युवा संगठन बैतडीका संयोजक दानसिहं धामीको अध्यक्षतामा सम्पन्न  बैठकले भित्तेलेखन,भ्रष्टाचारीको भण्डाफोर गर्ने र  सामाजिक रूपान्तरणका लागि अभियान सञ्चालन गर्ने लगायतका निर्णय गरेको संयोजक धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :