धनगढीमा क्रान्तिकारी यातायात मजदुरको भेला

धनगढीमा क्रान्तिकारी यातायात मजदुरको भेला

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको जिल्ला भेला सम्पन्न भएको छ। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तरगतको पेसागत संगठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ कैलाली जिल्लाको प्रथम जिल्ला भेलाले सुरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।


भेलामा अखिल नेपाल क्रान्तिकारि ट्रेड युनियन महासंघका पूर्व संयोजक लोक बहादुर पल्लिमगर प्रमुख अतिथि रहेका थिए। अखिल नेपाल क्रान्तिकारि ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष पूर्ण बहादुर खड्का,अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय सचिव सहदेब सिंहको उपस्थितीमा धनगढीमा सम्पन्न भेलाले यातायात मजदुरको पेशागत सुरक्षा र हकहितका लागि संघर्ष गर्ने निर्णय समेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :