नेकपा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न

नेकपा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न

अछाम: नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान निरन्तरताको क्रममा अछामको तुर्माखाँद गाउँ कमिटीको भेला सम्पन्न भएको छ। बिहीबार सम्पन्न भेलाले लोकेश कुमार वयकको नेतृत्वमा १५ सदस्यीय गाँउ कमिटी गठन गरेको छ ।

नेपाल कम्युनिष्ट अछामले श्रावण ५ गते अछामको मंगलसेनमा उदघाटन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन विस्तार अभियान अछामको विभिन्न पालिकामा पार्टी कमिटी तथा जनवर्गीय संगठन निर्माण गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल कम्युनिष्ट पार्टी अछाम जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले वर्तमान समयमा देशमा देखा परेका राष्ट्रिय संकटको प्रमुख जिम्मेवार वर्तमान दलाल संसदीय व्यवस्था भएकाले यसको विकल्प वैज्ञानिक समाजवाद नै रहेको बताए । सम्पूर्ण राजनितिक दलहरुको राजनीतिक एजेण्डा समेत समाजवाद नै भएको हुँदा वैज्ञानिक समाजवाद स्थापना गर्न सम्पूर्ण राजनीतिक दलहरुले छलफल र बहस गर्न तयार हुनुपर्ने र वैज्ञानिक समाजवाद स्थापनाका लागि जनमत संग्रहमा जानुपर्ने कुरामा जोड दिए । साथै संगठन सञ्चालन, संगठनको काम कर्तव्यको बारेमा समेत प्रशिक्षण दिएका थिए ।

तुर्माखाँद गाउँ कमिटीका सचिव लोकेश कुमार वयकको अध्यक्षता एवं संचालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी अछाम जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिना संघर्ष प्रमुख अतिथि, जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाही, कार्यलय सचिव लोकेन्द्र बहादुर शाही, लगायतको आतिथ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य दलित मुक्ति मोर्चा नेपाल अछामका अध्यक्ष दिलिप बहादुर विकले राखेका थिए भने कार्यक्रमको सञ्चालन युवा संगठन नेपाल अछामका सचिव कुमार क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :