काम नसकिँदै सडक भत्किएपछि नेकपा इलामद्वारा कारबाहीको चेतावनी

काम नसकिँदै सडक भत्किएपछि नेकपा इलामद्वारा कारबाहीको चेतावनी

इलाम: इलाम सदरमुकामको उत्तरी खण्ड र दक्षिणमा कन्याम आसपासको खण्डको सडक बनाएको १५ दिनमै भत्किएपछि नेपाल कम्युनिस्ट पार्टीले चासो लिँदै चेतावनी दिएको छ ।

ठेक्का सम्झौता अनुसार काम नभएको पाएपछि सडक डिभीजन कार्यलय इलाममा बिहीबार नेकपा इलामका सेक्रेटरी जितमान राई मौसमको नेतृत्वमा गएको टोलीले अनियमितता गर्ने कर्मचारीहरुलाई कडा चेतावनी दिएको छ ।

नेकपाका अनुसार यो चेतावनी पहिलो चरणको हो । अब आम जनताको बिचमा यो घोटालाको भण्डाफोर गर्ने र भ्रष्ट कर्मचारी र ठेकेदारलाई सडकमा ल्याएर जनकारबाही गरिने समेत सेक्रेटरी मौसमले बताए । उनले यस्तो बदमासी गर्ने विरुद्ध कारबाहीको निम्ति सबै सरोकारवालाहरुसँग समेत सहकार्यको निम्ति पहल गर्ने बताए । उनले भने, -`यस्ता अनियमिता जिल्लामा जताततै भएका छन्, हामी कही पनि छाड्नेवाला छैनौँ ।`


उनका अनुसार छिट्टै पार्टीले छानबिन गरेर तथ्य सार्वजानिक गर्ने छ ।

त्यस्तै बिहीबार नै इलाम पार्टी विद्युत प्राधिकरणको कार्यलयमा गएर विद्युत आपुर्तीमा किन लापरबाही भनेर प्राधिकरणका प्रमुखलाई प्रश्न गर्दै तुरुन्तै सहज आपुर्ती गर्न चेतावनी दिएको छ । विद्युतको सहज आपुर्ती गर्ने प्रतिबद्धता प्राधिकरण प्रमुखले पार्टी समक्ष गरेको सेक्रेटरी मौसमले बताए ।
केही दिनअघि मात्रै नेकपा इलामले पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, बेथिति, विसंगति लगायतका विषयमा संलग्नलाई कारबाही गर्ने उल्लेख गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :