नेकपा सुर्खेतद्वारा चिङ्गाडमा भेला सम्पन्न

नेकपा सुर्खेतद्वारा चिङ्गाडमा भेला सम्पन्न

सुर्खेत :  नेपाल कम्युनिस्ट पार्टी चिङ्गाड सुर्खेत जिल्ला अन्तरगत गाउँपालिका वार्ड नम्बर–४ को वार्ड स्तरीय भेला सम्पन्न भएको छ ।

भेलाका प्रमुख अतिथि पार्टी जिल्ला सदस्य तथा चिङ्गाड गाउँपालिका इञ्चार्ज सञ्जिवले नेपालको राजनीतिमा आमूल परिवर्तन, पुँजीवादी दलाल संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादको स्थापना नगरेसम्म जनताले केही पनि पाउने छैनन् र जनताको जीवनमा पनि कुनै परिवर्तन आउने छैन त्यसैले सबै जनता जाग्नु पर्छ वैज्ञानिक समाजवाद ल्याउने पहल र प्यासको लागि एकीकृत जनक्रान्तिमा लाग्नु पर्छ भने ।

चिङ्गाड गाउँ पालिकाका विभिन्न वडामा छलफल अन्तरक्रिया सहित भित्ते लेखन कार्य पनि सम्पन्न गरिएको छ भने राजनीतिक, वैचारिक प्रशिक्षण सहित चक्रबहादुर बुढाको नेतृत्वमा ११ सदस्यीय वार्ड कमिटी गठन गरेको उक्त भेला चक्रबहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :