जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन

जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा प्रदर्शन गरेको छ ।

अत्तरियामा भएको कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सेक्रेटरी युवा नेता दीपेन्द्र चलाउने ‘सङ्गम’ ले भारतीय सिमा सुरक्षा बल (एसएसबी) द्वारा हत्या गरिएका युवा जयसिंह धामीलाई तत्काल सहिद घोषणा गर्न माग गरेका छन् । उनले भारत र नेपाल समान देश भएकाले भारतले नेपालप्रति गर्ने व्यवहार सच्याउनु पर्ने र नेपाल सरकारले पनि उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बिषयमा जोड दिए । सङ्गमले दार्चुला घटना यो दलाल संसदीय व्यवस्था, सरकार र संसदवादी दलहरूको नालायकी पनकै उपज भएकाले अब बैज्ञानिक समाजवादी व्यवस्थाका निम्ति जनमतसङ्ग्रहमा जानुपर्ने भन्दै आमजनसमुदायलाई व्यवस्था परिवर्तनको आन्दोलनमा सरिक हुन अपिल गरे । र्याली अत्तरिया बजार परिक्रमा गरि चोकमा सभामा परिणत भएको थियो ।

यस्तै टिकापुरमा भएको कार्यक्रमलाई दिलबहादुर साउँदले सरकार सिमा सुरक्षा र सिमा क्षेत्रका जनताको समस्याका बिषयमा गम्भीर नभएकै कारण जयसिंह धामी जस्ता युवाहरूले अकालमा ज्यान गुमाउनु परेको बताए ।

अत्तरियाको कार्यक्रमलाई रमेश साउँदले सञ्चालन गरेका थिए भने टिकापुरको कार्यक्रमलाई हृदय बोगटीले सञ्चालन गरेका थिए

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :