नेकपा गुलरिया नगर कमिटीको प्रथम बैठक सम्पन्न

नेकपा गुलरिया नगर कमिटीको प्रथम बैठक सम्पन्न

बर्दिया: नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला अन्तर्गत गुलरिया नगरको प्रथम पूर्ण बैठक बिहीबार सम्पन्न भएको छ । नेकपा बर्दिया जिल्लाको नगरको प्रथम बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला सेक्रेटरी तथा बैठकका प्रमुख आतिथि गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनीतिक योजना जनमतसंग्रहमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट पारे ।

उहिले दलाल संसदीय व्यवस्थाको चरम संकटमा पुगेको बताउँदै सबै देशभक्त क्रान्तिकारी, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादी शक्तिहरू बिचको भेटघाट सहकार्यको आवश्यक्ता औँल्याए ।
एक फरक प्रसंगमा सेक्रेटरी गणेशले संसदीय व्यवस्था स्वीकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना गर्ने प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताए । उनले भने, –‘हामी विद्रोह संसदीय व्यवस्थाको विरुद्ध गरेको र यो व्यवस्थालाई ध्वस्त गरि छाड्छौँ ।’

नेकपा गुलरिया नगर सेक्रेटरी पदमको संचालन तथा गुलरिया नगर इन्चार्ज घर्तीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशीको पनि उपस्थिति रहेको थियो । नगरको प्रथम पूर्ण बैठकले १५ सदस्यीय नगर समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :