नेकपा दाङद्वारा सहिद महानको परिवारसँग भेटघाट तथा अन्तरक्रिया

नेकपा दाङद्वारा सहिद महानको परिवारसँग भेटघाट तथा अन्तरक्रिया

दाङ: नेपाल कम्युनिस्ट पार्टी दाङले एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा महानको परिवारसँग भेटघाट अन्तरक्रिया गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, पार्टीका दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेकपा लमही नगर इन्चार्ज जनक, नेकपा बबई गाउँपालिका इन्चार्ज प्रतिरोध, नेकपा दाङ जिल्ला सदस्य राजकुमार, अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर लगायत पार्टीका स्थानीय नेताकार्यकर्ता र सहिद परिवार बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा सहिद परिवारले पार्टीको आह्वानमा सहिद हुने महान सहिदहरुको उच्च बलिदानको सम्मान गरिरहनुपर्ने बताएका थिए । कार्यक्रममा सहिद परिवार, स्थानीय बासिन्दाले जनयुद्धका सहिद परिवारलाई प्रचण्ड बाबुरामहरुले चटक्कै भुलेको, महान लक्ष्य र उदेश्यबाट भागेको जस्तो नगर्न नेताहरुलाइ सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा उच्च सहादत प्राप्त गर्ने सहिदहरुलाई पार्टीले उच्च सम्मान गर्ने बताए । इन्चार्ज शितलले सहिदहरु जुन उदेश्य, लक्ष्य प्राप्तिको लागि बलिदान गर्नुभयो त्यो लक्ष्य, उदेश्य प्राप्तिको लागि आफुहरु खरानी हुन तयार भएको तर झुकेर सम्झौता नगर्ने बताए । उनले भने, –‘कमरेडहरुले वैज्ञानिक समाजवाद प्राप्तिको लागि बलिदान दिनुभयो, वैज्ञानिक समाजवाद प्राप्तिका लागि हामी पनि सहिद बन्न तयार छौं ।’
इन्चार्ज शितलले पार्टीले सहिद परिवारको सबै व्यस्थापन गरिरहेको र गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार सहिद परिवारलाई रु. २५००० (पच्चीस हजार) नगद प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :