नेकपा तानसेनद्वारा जनसंगठन तथा जनसुदृढ अभियान तिब्र

नेकपा तानसेनद्वारा जनसंगठन तथा जनसुदृढ अभियान तिब्र

पाल्पा: नेपाल कम्युनिस्ट पार्टी तानसेन नगरले जनसंगठन तथा जनसुदृढ अभियान तिब्र पारेको छ । तानसेनको १४ वटा वडा मै संगठनलाई सुदृढ एवम् विस्तारको कार्यक्रमलाई अगाडि बढाएको बताइएको छ । यसै क्रममा वडा नम्बर १० तेल्घामा कृष्ण नेपालीको नेतृत्वमा ७ सदस्यीय दलित मुक्ति मोर्चा,नेपाल, सीता नेपालीको नेतृत्वमा ९ सदस्यीय अखिल नेपाल महिला संघ क्रान्तिकारी, विजय नेपालीको नेतृत्वमा ११ सदस्यीय युवा संगठन नेपाल र जनपत्रकार संगठन,नेपालको विपना थापा, सीता नेपाली प्रतिनिधि रहने गरि संगठन निर्माण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नगर इन्चार्ज सुमन लगायतका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :