नेकपा हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को बैठक सम्पन्न

नेकपा हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को  बैठक सम्पन्न

मकवानपुरः नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।
वडा सेक्रेटरी एवम् जिल्ला सदस्य मीन बहादुर गौतमको अध्यक्षतामा बसेको बैठकले सेक्रेटरी मीन बहादुर गौतम र सहसेक्रेटरी आरआर सुवेदी लगायत ९ जनाको कार्यसमिति सदस्य रहने निर्णय गरेको छ । वडा सदस्यहरूलाई वडा भित्रको टोलहरुको सेक्रेटरी तोकिएको छ । टोलको बैठक मिति समेत तोकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला इन्चार्ज एवम् केन्द्रिय सदस्य नयनको प्रमुख आतिथ्यतामा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला सेक्रेटरी वाटरको विशेष उपथिति, नगर सेक्रेटरी सुर्य अर्याल, नगर सहसेक्रेटरी विवेक घलान लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :