जनपत्रकार संगठन नेपाल कर्णालीको बैठक सम्पन्न

जनपत्रकार संगठन नेपाल कर्णालीको बैठक सम्पन्न

सुर्खेत: जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समन्वय समितिको बैठक सम्पन्न भएको छ । सुर्खेतमा सम्पन्न उक्त बैठकमा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य रविले संसदिय व्यवस्थाको असफलताले गर्दा सर्वपक्षिय प्रगतिशील संयुक्त सरकार निर्माण गरी संसदिय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने मुद्धामा जनमत संग्रहमा जानुपर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने आजको समयको माग भएकोले संगठनको अहम भूमिका रहेको बताए ।

त्यसैगरी विशेष अतिथि संगठनका केन्द्रिय संयोजक शेरबहादुर विश्वकर्माले वर्गीय समाजमा पत्रकारिता पनि वर्गीय हुने बताए । पुँजीवादीहरुले भन्दा स्वतन्त्र पत्रकारिता भन्छन् तर उनीहरूको काम गराइ भने मिसनमै अगाडि बढेको देखिन्छ भन्दै उनले भने, –‘हामीले पनि हाम्रो वैज्ञानिक समाजवादको स्थापनाको मिसनलाई नै मुख्य बनाएर अगाडि बढ्नु जरुरी रहेको छ ।’

कर्णालीका सबै जिल्लाका उपस्थित सदस्यहरुले आ–आफ्नो जिल्लाको वस्तुगत रिपोर्ट राखेका थिए । उक्त बैठकले हरेक जिल्लाको जिल्ला सम्मेलनको मिति तय गर्दै २०७८/०५/१८ गते कर्णाली प्रदेशको सम्मेलन गर्ने निर्णय गरेको छ । ।
उक्त बैठक बसन्त विकको सञ्चालन र कर्णाली प्रदेश संयोजक जगदिशनाथ योगीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :