अखिल (क्रान्तिकारी) बर्दियाले गुलरिया र बडैयातालमा ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) बर्दियाले गुलरिया र बडैयातालमा ज्ञापनपत्र बुझायो

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी निकट (अखिल क्रान्तिकारी) जिल्ला समिति बर्दियाले प्याब्सन, एनप्याब्सन, गुलरिया नगर शिक्षा प्रमुख निलकण्ठ रेग्मी, बडैयाताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी लगायतलाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । लकडाउनको कारण आम जनतालाई हातमुख जोड्र्ने समेत मुस्किल बन्दै गइरहेको बेला विभिन्न विद्यालयले अनलाइन कक्षाको सामुदायिक विद्यालयहरूर्को अङ्ग्रेजी माध्यमका नाममा चर्को शुल्क असुलिरहेको भन्दै शुल्क असुली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सरकारी विद्यालयहरूमा नेपाली र अङ्ग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने, भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने, निजी विद्यालयद्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रम पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने, शिक्षक कर्मचारी माथिको बौद्धिक शोषणको अन्य गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला अध्यक्ष हरि प्याकुरेलले कोरोनाका कारण दैनिक जिवनयापन समेत गाह्रो परिरहेको बेला केही निजी र सामुदायिक विद्यालयहरूले लुट मच्चाइरहेको भन्दै अविलम्ब रोक्न माग गरे । उनले मागलाई कार्यान्वयन नगरे कारवाही गर्ने चेतावनीसमेत दिए । बडैयाताल प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी र गुलरिया नगर शिक्षा प्रमुख निलकण्ठ रेग्मीले मागहरू एकदमै जायज छ्न् भन्दै यसलाई तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

यस्तै बर्दिया प्याब्सनका अध्यक्ष तेजनाथ पौडेलले अनलाइन शिक्षाको नाममा कसैले विद्यार्थीको उपस्थिति बिना शुल्क लिएको छन् भने हामी तत्काल कारवाही गर्ने बताए । त्यस्तै एनप्याब्सनका अध्यक्ष बुद्ध गिरिले निजी शिक्षाभित्र देखिएका चरम लापरवाहीलाई नियन्त्रण गर्ने र मापदण्ड विपरीत बोडिङ स्कुलमा अनुगमन गर्ने बताए । उनले अखिल (क्रान्तिकारी) सँग सहकार्य गरेर काम गर्नेसमेत बताए ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी, अध्यक्ष हरि प्याकुरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :