नेकपा भरतपुर महानगरपालिका वडा नं. २८ को इन्चार्जमा पौडेल

नेकपा भरतपुर महानगरपालिका वडा नं. २८ को इन्चार्जमा पौडेल

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २८ को बैठक सम्पन्न भएको छ । उक्त बैठक वडा सेक्रेटरी राजु श्रेष्ठको अध्यक्षमा आइतबार सम्पन्न भएको हो ।

चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेशको प्रमुख आतिथ्य, पार्टी जिल्ला सदस्य तथा वडा इन्चार्ज हरिदत्त पौडेल, महान् सहिद राजु अधिकारीका बुवा तुलसीप्रसाद अधिकारीको आतिथ्य र बिरु लामाको उपस्थितिमा सम्पन्न बैठकले ११ सदस्यीय वडा पार्टी गठन गरेको छ ।

सम्पन्न बैठकले वडा पार्टी कमिटीमा इन्चार्ज हरिदत्त पौडेल, सेक्रेटरी राजु श्रेष्ठ, सदस्यहरू सुमित्रा मगर, त्रिशना कुमाल, त्रिभुवन महतो, सान्तामाया तामाङ, दिपक, पानुमाया कुमाल, राममाया कुमाल, गंगा कुमाल, बुद्धिराम मुसहर र राजकुमार चौधरीलाई चयन गरिएको छ ।

साथै बैठकले एमसीसी, नागरिता विधेयकलगायत राष्ट्रघाती कदमविरुद्ध सङ्घर्ष गर्ने, भ्रष्टाचार, विसङ्गतिविरुद्ध आन्दोलन गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :