प्राकृतिक बिपत्तिबाट बचाउन अखिल (क्रान्तिकारी) द्वारा सचेतनात्मक कार्यक्रम

प्राकृतिक बिपत्तिबाट बचाउन अखिल (क्रान्तिकारी) द्वारा सचेतनात्मक कार्यक्रम

काठमाडौँ : यो बर्ष औसत भन्दा बढी वर्षा हुन सक्ने विभिन्न अध्यनहरूले देखाइरहेका छन् । बर्साको सुरुवाती चरणमा नै मुलुकका धेरै स्थानहरूमा ठूलो मानवीय तथा धनजनको क्षति पुर्याइसकेको छ । यो वर्षाका कारण भिरालो भागमा अथवा हिमाली र पहाडी भू–भागमा पहिरो र बाढी आउन सक्ने र तराइ क्षेत्र डुबानमा पर्न गई ठूलो मानवीय तथा धनजनको क्षति हुनसक्ने भएकाले वर्षा हुनुभन्दा अगावै अथवा कुनै प्रकारको क्षति हुनुभन्दा अगावै अखिल (क्रान्तिकारी) विशेष जिल्लाको आयोजनामा मानिसहरूलाई सबै खाले प्राकृतिक बिपत्तिबाट बचाउनका लागि जनताहरूको बीचमा सार्वजनिक सूचना फैलाउँदै ललितपुरको गोटीखेलमा सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विशेष जिला अध्यक्ष दयाराम लुवारले सबै जनतालाई नाअत्तिन उल्लेखित सबै सुचनाहरूको पालना गरे आउन सक्ने प्राकृति जोखिमबाट बच्न सकिने भएकाले उक्त सूचनाको पालना गर्न पनि सबैलाई अनुरोध गर्दै कुनै पनि ठाउँमा कुनै प्रकारको प्राकृतिक तथा मानवीय बिपत्ति आइलागे अखिल (क्रान्तिकारी) दुःखमा जनताका लागि साथमा साथ र हातमा हात मिलाएर राहत, उद्धार, खोजीकार्यका लागि खटिने भएकाले तत्काल हामीलाई खबर गर्न पनि अनुरोध गरेका छन् । उनले अहिलेका शासक, दलाल संसदवादी पार्टी, संसदीय व्यवस्था जनताको मुद्दामा केन्द्रित हुनुको सट्टा पैसा र कुर्सीका लागि अतिनै लाजमर्दो राजनीतिक खेलमा उत्रिएको बताए ।

लुवारले यो व्यवस्थाले सम्पूर्ण नेपाली जनतालाई दुःख दिएको, आर्थिक सङ्कट पैदा गरेको, राजनीतिक सङ्कट निम्त्याएको, महिलाहरूको सुरक्षा, हक, अधिकार र न्यायको सुनिश्चितता बिमुख भएको, सदियुग देखि पछाडि पारिएका वर्ग समुदायहरू दलित, जनजातिमाथि राज्यको बिभेदकारी नीति लिएको बताए । साथै उनले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रियताको स्तरलाई अति नै कमजोर पारेको, जताततै भ्रष्टाचार, व्यतिथि, अन्याय, अत्याचारलाई मात्रै प्रसय दिएकाले यो व्यवस्था र यसले निर्माण गरेका संथा तथा निकायहरू निकाम्मा साबित भएकाले अब नेपाली जनताले व्यक्ति, पात्र र नेता नभई समग्र व्यवस्था परिवर्तन गर्नुपर्ने भएकाले जनमतमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै नेपाली जनताले एक सोरका साथ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :