अछाममा सुदृढ जनसम्बन्ध र संगठन विस्तार अभियान उद्घाटन

अछाममा सुदृढ जनसम्बन्ध र संगठन विस्तार अभियान उद्घाटन

अछाम: नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध र संगठन विस्तार अभियान उद्घाटन गरेको छ । जिल्लाको बान्निगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा शनिबार अभियान उद्घाटन गरेको हो ।

युवा संगठन नेपालका अछाम जिल्ला सदस्य गोकुल बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको अध्यक्षता बान्निगढी जयगढ गाउँपालिका पार्टी कमिटीका सचिव जोगेन्द्र बुढाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथिमा अभियान कमान्ड इन्चार्ज निरक शाही रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले अभियानको उदेश्य जनता सामु जानू र जनतासँग जनसम्बन्ध जनतामा भएका समस्याहरु बुझेर समाधानको बाटो खोज्ने र जनताका काममा अग्रसर हुने बताए । कार्यक्रममा अन्य अतिथिमा बान्निगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका इन्चार्ज तिलक बिष्ट रहेका थिए । कार्यक्रमको सञ्चालन युवा संगठन नेपाल अछामका अध्यक्ष सुशील साउदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :