नेकपा कालिकोट पचालझरना गाउँ कमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न

नेकपा कालिकोट पचालझरना गाउँ कमिटीको बैठक तथा प्रशिक्षण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी कालिकोट पचालझरना गाउँ कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँ कमिटी इन्चार्ज दिलमानको अध्यक्षता जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता, कार्यालय सचिव निर्भिक, युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष मिनेश, शहिदपरिवारको आतिथ्यतामा बैठक तथा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रशिक्षण कार्याक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रणदिपले वर्तमान व्यवस्थामा आएको संकटको समाधान संसदिय तरिकाले होइन जनमतसंग्रहबाट हल खोज्ने बेला आइसकेकाले जनमतसंग्रह र जनमत संग्रहबाट प्राप्त हुने वैज्ञानिक समाजवादले मात्र समाधान गर्ने बताए । यसको विषयमा जनतालाई सुसुचित पार्न सक्रिय भएर लाग्न निर्देशन दिए । उनले भने यदी देशलाई यो निकासबाट हल खोज्ने होइन भने देश रहने कि नरहनेको दोसादमा जाने खतरा आएकोले जनतामा नयाँ जागरण ल्याउन २ महिना निरन्तर जनतामा जनु पर्ने आवश्यक्ता औल्याए ।

उक्त प्रशिक्षणमा प्रत्येक वडाका इन्चार्जहरुले भए गरेका कामहरुको रिर्पोट राख्नु का साथै प्रशिक्षणमा साविकको बदालकोट नानीको र राम्नाकोट गाविसबाट करिब १०० जनाको उपस्थिती रहेको थियो । उक्त प्रशिक्षण पछि बसेको बैठकले २ महिना राजनीतिक तथा संगठनात्मक अभियान संचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :