कैलालीमा घोडाघोडी नगर कमिटीको बैठक सम्पन्न

कैलालीमा घोडाघोडी नगर कमिटीको बैठक सम्पन्न

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीको घोडाघोडी नगर कमिटीको ९ औँ पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

नगर सेक्रेटरी अर्जुनको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि पार्टी जिल्ला सचिव दीपेन्द्र चलाउने ‘सङ्गम’, अतिथि रोसन, प्रकाश, भरत शाह लगायतको उपस्थिति रहेको थियो ।

पार्टीले कथित प्रतिबन्धको बेला झुट्टा मुद्दामा करिब दुई बर्ष हिरासत बसेर रिहाई हुनुभएका धर्म सुनारलाई प्रमुख अतिथि सङ्गमले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि सङ्गमले नगर भित्रको भ्रष्टाचार, अनियमितता, कालोबजारी तस्करीका विरुद्ध कडाइँ पूर्वक भण्डाफोर गर्न नेताकार्यकर्तालाई निर्देशन दिए ।

बैठकले समाजमा भएका बिकृति बिसङ्गतिका विरुद्ध सबै आमजनसमुदायलाई एक भएर प्रतिरोध गर्न अपलिसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :