वैज्ञानिक समाजवाद स्थापना गर्न जनगणतान्त्रिक सम्पर्क मञ्च क्रियाशील

वैज्ञानिक समाजवाद स्थापना गर्न जनगणतान्त्रिक सम्पर्क मञ्च क्रियाशील

काठमाडौँ : देशका विभिन्न जिल्लाबाट काठमाडौँ आई विभिन्न पेसा-व्यवसाय गर्ने क्रान्तिकारीहरूको साझा सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति मुलुकमा दलाल पुँजीवादी व्यवस्था समाप्त पारी वैज्ञानिक समाजवाद स्थापना गर्न क्रियाशील भएर लागेको छ ।

यसै क्रममा नेकपामाथिको सरकारी प्रतिबन्ध खारेज भएपछि नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिअन्तर्गत उदयपुर-काठमाडौं सम्पर्क मञ्चको पहिलो बैठक सपन्न भएको छ । बैठकले कार्यवाहक अध्यक्ष सुवास राईको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

त्यसैगरी धादिङ-काठमाडौँ सम्पर्क मञ्चको प्रतिबन्धपछिको पहिलो बैठक प्रतीक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको छ । ११ सदस्यीय समितिको बैठकले विभिन्न राजनीतिक-साङ्गठनिक निर्णयहरू गरेको बताइएको छ ।

त्यसैगरी झापा-काठमाडौँ सम्पर्क मञ्चको बैठक रत्न ताजपुरियाको अध्यक्षतामा सम्पन्न भएको छ । ७ सदस्यीय जिल्ला समितिको बैठकले पनि विभिन्न राजनीतिक निर्णयहरू गरेको छ ।

उक्त तीनवटै बैठकमा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंह प्रमुख अतिथि थिए । अतिथिहरूमा जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिवहरू सुशील बलम्पाकी, खेम प्रधान, किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ थिए ।

कार्यक्रममा प्रमुख अतिथि कमानसिंहले सङ्गठन अगाडि बढाउन क्रियाशील भएर जानुपर्ने बताए । उनले वैज्ञानिक समाजवाद स्थापना गर्न जिल्लाबाट काठमाडौँ आएर विभिन्न पेसा-व्यवसायमा संलग्न व्यक्तित्वहरूसम्म पुग्न आग्रह गरे । उनले तीनवटै जिल्ला अध्यक्षले आआफ्नो जिल्लाबाट काठमाडौँ आई बस्ने जिल्लाबासीसँग हातेमालो गर्दै सङ्गठनलाई आगाडि बढाउनुपर्ने बताए ।

बैठक जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय कार्यालय अनामनगरस्थित देवीनगरमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :