युवा संगठन र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न

युवा संगठन र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक सम्पन्न भएको छ ।

राष्कोट सान्नीघाटमा युवा संगठन नेपालका अध्यक्ष  गोविन्द्र बुढाको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले दुई महिने राजनीति र संगठनात्मक अभियान केन्द्रित विकेन्द्रित चलाउने निर्णय गरेको छ । गाउँ समाज र शैक्षिक क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध भण्डाफोर गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा प्रमुख अतिथि रणदिपले युवा विद्यार्थीको काँधमा युग बदल्ने जिम्मेवारी आएकोले कुशलतापूर्वक लाग्न निर्देशन दिदै योजनाको सफल कार्यन्वयनमा सक्रिय भएर लाग्न आग्रह गरे । उक्त बैठकमा जिल्लाका सबै क्षेत्रहरुबाट जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :