नेकपाका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री ओलीबीच भेटवार्ता

नेकपाका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र पूूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । मङ्गलबार ओली निवास बालकोट भक्तपुरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको नेकपा केन्द्रीय स्रोतले जनाएको छ ।

भेटका क्रममा ओली सरकार र नेकपाबीच गत फागुन २१ गते भएको तीनुँदे सहमतिका विषयमा पनि छलफल भएको बताइएको छ । छलफलमा नेकपाका प्रवक्ता प्रकाण्ड र सचिवालय सदस्य कञ्चन सहभागी थिए । यस्तै नेकपा र सरकारबीच भएको वार्ताटोलीका सदस्य राजन भट्टराई पनि उक्त भेटघाटमा सहभागी थिए ।

भेटघाटमा नेकपाका शीर्ष नेताहरूले समसामयिक राजनीतिक विषयसँगै तीनबुँदे सहमति कार्यान्वयनका विषयमा चासो राखेका थिए । नेकपाले सहमति कार्यान्वयनमा भएका कमी र कार्यान्वयनका लागि राखेको जिज्ञासाको जबाफमा पूर्वप्रधानमन्त्री ओलीले तीनबुुँदे सहमति आफू नेतृत्वको सरकारले गरेको हुनाले त्यसको पूर्ण कार्यान्वयनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :