महँगी र कालोबजारीविरुद्ध सन्धिखर्कमा विरोध प्रदर्शन

महँगी र कालोबजारीविरुद्ध सन्धिखर्कमा विरोध प्रदर्शन

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले महँगी र कालोबजारीका विरुद्धमा विरोध प्रदर्शन सन्धिखर्कमा सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रमअनुसार मङ्गलबार महँगी र कालोबजारीका बिरुद्ध विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाइएको छ ।

उक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज नविन खड्काले देश अस्थिरतामा गयो, दलाल संसदीय व्यवस्था असफल भयो, दलाल संसदीय व्यवस्थाले नागरिकहरूलाई हरेक क्षेत्रमा दमन गरिरहेको छ, शोषण गरिरहेको छ, हरेक क्षेत्रमा नेपाली जनतालाई आत्महत्या गर्न बाध्य बनाइएको छ, यो महँगी र कालोबजारी नियन्त्रण गर्नको लागि इन्धनको मूल्य ह्यात्तै बढ्दा पनि महँगी बढेको बताएका छन् । उनले कालोबजारी र महँगी नियन्त्रण गर्नका लागि हाम्रो पार्टी र सङ्गठन सदैव साथमा रहेको बताए ।

प्रतिबन्धको बेलामा गिरफ्तार गरेका नागरिकता, झोला, नगद पैसा, बाईक, पैसा लगायतका सामानहरू यो दलाल सरकारका मतियारहरूले आफ्नो निजी सम्पत्ति जस्तो गराएर राखेका छन् र अहिलेसम्म बारम्बार छलफल गर्दासमेत नदिएको इन्चार्ज खड्काले बताए ।

कार्यक्रम सञ्चालन गर्दै अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष बाबुराम एसकेले गर्विलो इतिहास बोकेको हाम्रो देश अहिले एक्काइसौँ शताब्दीसम्म पुग्दा महँगी, भ्रष्टाचार र कालोबजारीले चुर्लुम्मै डुबेको छ, युवाहरूले पठाएको रेमिटान्सले देशका नेता भ्रष्टाचारीहरूको तलब सुबिधामा खर्चिएको बताए । उनले यसको बिरुद्धमा नेपालका सम्पूर्ण युवाहरू एकजुट भएर नेपाललाई स्वर्णीम बनाउन लाग्नुपर्ने र महँगी, कालोबजारी, भ्रष्टाचार, बिभेद लगायत सम्पूर्ण अन्यायीक कार्यको अन्त्यका लागि वैज्ञानिक समाजवादमा हुने बताए ।

यस्तै अन्य जिल्लामा क्रियाशील सङ्गठनहरूलाई पनि राष्ट्रियताका लागि अर्घाखाँचीमा निःशुल्क शिक्षाका लागि एकजुट भएर सङ्घर्ष गर्न आह्वान् गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :