अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा चुच्चे नक्सा सरकारी कार्यालयमा हस्तान्तरण

अखिल (क्रान्तिकारी) अर्घाखाँचीद्वारा चुच्चे नक्सा सरकारी कार्यालयमा हस्तान्तरण

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले मङ्गलबार जिल्लाका सरकारी कार्यालयहरूमा लिपुलेक र कालापानी सहितको नक्सा हस्तातरण गरेको छ ।

शनिबार बसेको दोस्रो पूर्ण वैठकले १३ बुँदाको निर्णय पास गरेको थियो उक्त निर्णय अनुसार मङ्गलबार जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा तथा समन्वय इकाइ, जिल्ला समन्वय समिति, सनपा कार्यालय लगायतका कार्यालयमा जारी भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा हस्तान्तरण गरेको हो ।

हस्तान्तरणका लागि अखिल (क्रान्तिकारी) का जिल्ला इन्चार्ज नविन खड्का, अध्यक्ष बाबुराम एसके, सचिव गिरिजा खड्का सहितको टोली गएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :