एनबि बिक ‘निशान’ को क्रान्तिकारी गीत सार्वजनिक

एनबि बिक ‘निशान’ को क्रान्तिकारी गीत सार्वजनिक

काठमाडौँ : दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एनबि बिक ‘निशान’ को क्रान्तिकारी गीत “उठ गाउँ उठ सहर ..” को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल कम्युनिस्ट पार्टीको कार्यदिशा “एकीकृत जनक्रान्ति” को भावलाई सबिस्तार गरिएको उक्त गीतमा निशानद्वारा शब्द र जनवादी गायक तथा सङ्गीतकार आरोह नेपालीद्वारा सङ्गीत तयार गरिएको हो । गीतमा आरोह नेपाली, निर्मला घिसिङ, एनबी विक ‘निशान’, लक्ष्मण पाख्रीन र माया विक लगायतको स्वर छ ।

सफल मुभिजद्वारा तयार गरिएको सो गीतको म्युजिक भिडियोमा प्रवेज आलम, सीता सापकोटा, दिपेन्द्र पाण्डे, एनबी बिक, रमा आचार्य लगायत कलाकारहरूको अभिनय रहेको छ । पङ्की सुरजले निर्देशन गरेको सो गीतको भिडियोमा क्षितिज साँस्कृतिक परिवार लुम्बिनी समन्वय समितिको नृत्य रहेको छ । यस गीत लगत्तै एनबि बिकको “धर्ती फुलाउने किसान ..” बोलको सालैजो, “परदेशी मन ..” बोलको पञ्चेबाजा र “घिनलाग्दो विभेद ..” बोलको दलित गीतहरू सार्वजनिक हुने क्रममा रहेको जानकारी समेत प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :