छुङकिङ सम्झौता-वार्ताबारे

छुङकिङ सम्झौता-वार्ताबारे

लौ त, अब हामी वर्तमान परिस्थितिबारे कुरा गरौँ । अहिले हाम्रा कामरेडहरूले चाख राखेको विषय यही हो । यसपाला छुङकिङमा क्वोमिन्ताङ र कम्युनिस्ट पार्टी बीचको सम्झौता-वार्ता चार दिनसम्म चल्यो वार्ताको नतिजा अखबारहरूमा प्रकाशित भैसकेको छ । यी दुई पार्टीका प्रतिनिधिहरूको बीचमा सम्झौत-वार्ता चलिरहेकै छ । सम्झौत–वार्ता फलदायी भएको छ । क्वोमिन्ताङले शान्ति र एकताका सिद्धान्तहरू स्वीकार गरेको छ, जनताका केही जनवादी अधिकारहरूलाई मान्यता दिएको छ र गृह युद्धलाई पन्छाउनु पर्छ र नौलो चीनको निर्माणको लागि दुई पार्टीले शान्तिपूर्वक आपसी सहयोग गर्नुपर्छ भन्ने कुरा स्वीकार गरेको छ । यी बुँदाहरूमा सहमति प्राप्त भैसकेको छ । अरु बुँदाहरू प्नि छन् जसबारे अझैँ सहमति भएको छैन । मुक्त क्षेत्रहरूको समस्या अझैँ सुल्झेको छैन, र सशस्त्र सेनाहरू सम्बन्धी समस्या त झन् साँच्ची नै सुल्झेको छैन भइसकेका सम्झौताहरू पनि अझैँ कागत मै सीमित छन् । कागतमा लेखिएका शब्दहरू वास्तविकता सरह हुँदैनन् । तिनीलाई वास्तविकतामा उतार्नुभन्दा अघि ज्यादै ठुलठुला प्रयासहरू नगरी नहुने कुरा तथ्याङ्कले देखाइसकेका छन् ।

क्वोमिन्ताङ एकातिर हामीसँग सम्झौत-वार्ता चलाउँछ र अर्कातिर मुक्त क्षेत्रहरूमा भयङ्कर आक्रमण गर्दैछ । शेनशी-कानसु-निङ्श्या सीमान्त क्षेत्रलाई घेरिरहेका क्वोमिन्ताङ सेनाहरूलाई छाडेर पनि उसका ८,००,००० जवानहरू यी आक्रमणहरूमा प्रत्यक्षरुपले लागिसकेका छन् । जहाँजहाँ मुक्त क्षेत्रहरू छन् त्यहाँ लडाइँ चलिरहेकै छ वा लडाइँको तयारी गरिँदैछ । “१० अक्टोबरको सम्झौता” को पहिलो धारा नै “शान्ति र राष्ट्रिय पुनःनिर्माण” बारेमा छ, त्यस्तै भए । त्यसैले कागतमा लेखिएका कुरालाई व्यवहारमा उतार्न हाम्रो तर्फबाट अझैँ प्रयास गर्नुपरेको छ भनेर हामीले भनेका हौँ । हामीमाथि आक्रमण गर्न क्वोमिन्ताङले यति धेरै फौजहरूलाई परिचालन गर्नको कारण के हो त ? कारण के हो भने उसले निकै अघि नै जनताका शक्तिहरूलाई सखाप पार्ने अठोट गरेको थियो, हामीलाई सखाप पार्ने अठोट गरेको थियो । हामीलाई छिटै नै सखाप पार्नु उसको निम्ति सबभन्दा राम्रो कुरा हो, अथवा यसो गर्न नसकेमा उसले हाम्रो स्थिति बिगार्न र उसको आफ्नो स्थिति सपार्न चाहेको छ । सम्झौतामा शान्तिको उल्लेख भएता पनि वास्तवमा यसले साकार रुप लिएको छैन । शानशी प्रान्तका शाङ्ताङ क्षेत्र जस्ता ठाउँहरूमा निकै व्यापक स्तरमा लडाइँ चलिरहेको छ । चारैतिरबाट थाएहाङ, थाएथ्वे र चुङथ्याओ पहाडले घेरेको शाङ्ताङ क्षेत्र कराई जस्तो आकारको छ । यस कराईमा माछा र मासु छ र यसलाई कब्जा गर्न येन शी-शानले तेह्र डिभिजन सेना पठाइएको छ । हाम्रो नीति पनि निकै नै अघि निर्धारित भएको हो, र त्यो हो इटाको जवाफ ढुङ्गाले दिनु र एकएक इन्च जमिनको लागि लड्नु । यस पाला हामीले इँटाको जवाफ ढुङ्गाले दियौँ । अर्को शब्दमा भन्ने हो भने हामीले तेह्र डिभिजन सेनालाई सखाप पार्यौँ । बैरीको आक्रमणकारी सेनामा ३८,००० जवानहरू थिए र हामीले ३१,००० जवानलाई लडाइँमा सङ्लग्न गरेको थियौँ बैरीका ३८,००० जवानहरूमा ३५,००० जवान ध्वस्त भए, २,००० जवान भागे र १,००० जवान छित्रभित्र भए र । २ यस्तो लडाइँ पछि पनि चलिरहने छ बैरीहरू हाम्रा मुक्त क्षेत्रहरू मुठ्याउन हुरुक्क भएका छन् । यो कुरा बुझ्न अघि गाह्रो भए झैँ लाग्छ । हैन, यी मानिसहरू मुक्त क्षेत्रहरूमा नङ्गा गाड्न किन यति गाह्रो पिरोलिएका होलान् ? मुक्त क्षेत्रहरू हाम्रा हातमा रहनु, जनताका हातमा रहनु जाती कुरा होइन र ? हो, जाति कुरा हो । तर यो त हाम्रो सोचाइँ मात्र हो, जनताको सोचाइँ मात्र हो । उनीहरूले पनि यस ढङ्गले सोंचेका भएत हाम्रो एकता भइहाल्थ्यो र हामी सबै नै ‘कामरेड’ हुन्थ्यौँ । तर उनीहरू यस ढङ्गले सोच्दैनन् बरु तिनले त हठपूर्वक हाम्रो विरोध गर्छन् । तिनले हाम्रो विरोध किन नगर्ने हो त्यो कुरा नै बुझ्न सक्दैनन् । तिनले हामीमाथि आक्रमण गर्नु एकदमै स्वाभाविक कुरा हो । अब हाम्रो कुरा गर्ने हो भने हामीले तिनले हाम्रो मुक्त क्षेत्रहरू कब्जा गर्न किन दिनु नहुने हो भन्ने कुरा हामी पनि बुझ्न सक्दैनौँ । हामीले प्रत्याक्रमण गर्नु पनि एकदमै स्वाभाविक कुरा हो । जब दुइटा ‘‘बुझ्न सक्ने’’ पक्षहरू एक अर्कोको सामुन्ने पर्दछन् तब तिनको भिडन्त परिहाल्छ । हैन, दुईटै बुझ्न नसक्ने पक्षहरू छन् भने तिनले किन सम्झौता–वार्ता गरेका हुन् त ? अनि तिनले ‘‘१० अक्टोबरको सम्झौता किन गरेका हुन त ? यस संसारको वस्तुस्थिति ज्यादै जटिल छ र कैयन् तत्वहरूले त्यसको निर्धारण गर्छन् । हामीले समस्याहरूलाई एक पहलुबाट मात्र नहेरेर विभिन्न पहलुहरूबाट हेर्ने गर्नुपर्छ ।

छुङकिङका केहि मानिसको सोंचाइ के छ भने च्याङ काई-शेक भर पर्न नसकिने धोकेबाज भएकोले उसँग सम्झौता वार्ता केहि लछारिँदैन । मैले भेटेका क्वोमिन्ताङका केहि सदस्यहरू लगायत कैयन् मानिसले मलाई यसो भने । मैले उनीहरूलाई तपाईले भन्नु भएको कुरा सहि र पक्का, हो तथा यसको नतिजा तपाईहरूले भन्नु भए जस्तै नै हुनेछ भन्ने कुरामा हामी हाम्रो अठाह्र वर्षको अनुभव हेरेर पक्कापक्की विश्वस्त छौँ भनेर भने । क्योमिन्ताङ र कम्युनिस्ट पार्टी यस सम्झौता-वार्तामा विफल हुने कुरा निश्चित छ, तिनले लडाइँ थाल्ने कुरा निश्चित छ र एक अर्को-सित सम्बन्ध बिच्छेद गर्ने कुरा निश्चित छ, तर यो समस्याको एक पक्ष मात्र हो । समस्याको अर्को पक्ष के हो भने अरु कैयन् तत्वहरूमध्ये च्याङ-काई-शेकको मनमा अनिवार्य रुपले आशङ्काहरू पैदा गर्नेछन् । यी तत्वहरूमध्ये मुक्त क्षेत्रहरूको शक्ति, विशाल पछिल्लो भागका जनताबाट गृह युद्धको विरोध हुनु र अन्तर्राष्ट्रिय परिस्थिति मुख्य तीन तत्वहरू हुन् । हाम्रा मुक्त क्षेत्रहरूमा १० करोड मानिसहरू छन्, १० लाख फौजहरू छन् र २० लाख जन-सेनाका सदस्यहरू छन् । यो एउटा त्यस्तो शक्ति हो जसलाई कसैले पनि लर्तरो ठान्ने आँट गर्न सक्दैन् । राष्ट्रको राजनैतिक जीवनमा हाम्रो पार्टीको स्थान अब न त १९२७ को जस्तो छ, न १९३७ को जस्तो नै छ । कम्युनिस्ट पार्टीलाई समान मर्यादा प्रदान गर्न सधै नामन्जुर गरिआएको क्वोमिन्ताङ पनि अब यसलाई त्यस्तो मर्यादा प्रदान गर्न बाध्य भएको छ । मुक्त क्षेत्रहरूको हाम्रो कामले सिङ्गै चीन र सिङ्गै संसारलाई प्रभावित गरिसकेको छ । विशाल पछिल्लो भागका जनता शान्तिको इच्छा गर्छन् र जनवाद चाहन्छन् र छुङकिङमा छँदा मलाई व्यापक जनताको हार्दिक समर्थनको गहिरो अनुभूति भयो । त्यहाँका जनता क्वोमिन्ताङ सरकारसँग असन्तुष्ट छन् र तिनले हामीमाथि आफ्ना आशा केन्द्रित गरेका छन् । मैले अमेरिकीहरू लगायत थुप्रै विदेशीहरूलाई पनि भेटे । उनीहरू समेत पनि हामीप्रति सहानुभूति राख्दछन् । विदेशी मुलूकहरूका व्यापक जनसमूह चीनका प्रतिक्रियावादी शक्तिहरूसँग असन्तुष्ट छन् र उनीहरू चीनका जनवादी शक्तिहरू प्रति सहानुभूति राख्छन् । उनीहरू च्याङ-काई-शेकका नीतिहरू प्नि अस्वीकार गर्छन् र हाम्रो मुलूक र विश्वका सबै भागमा हाम्रा थुप्रै मित्रहरू छन् हामी एक्लो परेका छैनौँ । चीनको गृह युद्धको विरोध गर्ने र शान्ति तथा जनवादको पक्षमा खडा हुने मानिसहरूमा हाम्रा मुक्त क्षेत्रका मानिसहरू मात्र नपरेर विशाल पछिल्लो भागका र विश्वभरिका व्यापक जन-समूहहरू पर्दछन् । आफ्नो तानाशाही कायम राख्ने र कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्ने च्याङ-काई-शेकको मनोगत इच्छ छ, तर उसको अघिल्तिरको बाटोमा कैयन् वस्तुगत कठिनाइहरू छन् । त्यसकारण, उसको अलि यथार्थवादी पनि हुनु परेको छ । उ यथार्थवादी हुँदैछ, र हामी पनि यथार्थवादी छौँ । हामीलाई निम्ता गर्नु उसको यथार्थतवादीपन हो र उसँग सम्झौता वार्ता गर्न जानु हाम्रो पनि यथार्थवादीपन हो । हामी २८ अगस्तमा छुङकिङ पुग्यौ ।

२९ अगस्तको बेलुका मैले क्वोमिन्ताङका प्रतिनिधिहरूलाई के भने भने १६३६ को १८ सेप्टेम्बरको घटनादेखि नै मुलुकमा शान्ति र एकताको खाँचो परेको छ । हामीले शान्ति र एकताको माग गरेका थियौ तर तिनले यस मागलाई कार्यान्वयन गरेका थिएनन् । ७ जुलाई १९३७ मा प्रतिरोध युद्ध छेडिनु अघि १६३६ को शिआनको घटनापछि मात्र शान्ति र एकताले साकार रुप लिएको थियो । त्यस युद्धको आठ वर्षको अवधिमा जापान विरुद्ध हामीसँगै मिलेर लड्यौँ । तर गृह युद्ध भने कहिल्यै रोकिएन, साना वा ठूला भिडन्तहरू अटुट रुपमा भइरहे । यस अवधिमा गृह युद्ध हुँदैभएन भन्नु धोका हो र यस भनाइले तथ्यसँग मेल खाँदैन । विगत आठ वर्षमा हामीले सम्झौता वार्ता गर्ने आफ्नो तत्परता बारबार प्रकट गरेका हाैँ । हाम्रो पार्टीको सातौँ महाधिवेशनमा हामीले के घोषण गरेका थियौँ भने ‘‘क्वोमिन्ताङका अधिकारीहरू तिनका गलत नीतिहरू त्याग्न तयार हुनासाथ र जनवादी सुधारहरू गर्न मन्जुर हुनासाथै उनीहरूसँग सम्झौता–वार्ता शुरु गर्न हामी तयार छौँ ।’’ ६ सम्झौता-वार्तामा हामीले के घोषणा गर्यौँ भने पहिलो करा, चीनलाई शान्ति चाहिएको छ र दोस्रो कुरा, चीनलाई जनवाद चाहिएको छ । यी कुरा नकार्ने कुनै कारण फेला पार्न नसकेर च्याङ काई-शेकले हाम्रो कुरा मान्नैपर्यो । एकतिर ‘‘कुराकानीको सारांश’’ मा प्रकाशित शान्तिको नीति र जनवाद सम्बन्धी सहमति कागतमा भएका शब्दहरू मात्र हुन् र तिनलाई अझैँ व्यवहारमा अत्तारिएको छैन, अर्कोतिर, कैयन् किसिमका शक्तिहरूबाट तिनको निर्धारण भएको छ । मुक्र क्षेत्रहरूका जनशक्तिहरू, विशाल पछिल्लो भागका जन शक्तिहरू, अन्तर्राष्ट्रिय परिस्थिति यी सबै कुराको आम प्रबृत्तिले यो कुराहरू मात्र क्वोमिन्ताङलाई बाध्य गराएको हो ।

‘‘ईटाको जवाफ ढुङगाले’’ कसरी दिने भन्ने कुरा परिस्थितिमा भरपर्छ । कहिले काही सम्झौता-वार्ता गर्न जाँदै नजानु नै ईटाको जवाफ ढुङ्गाले दिनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :