अखिल नेपाल शिक्षक सङ्गठन दाङको वैठक सम्पन्न

अखिल नेपाल शिक्षक सङ्गठन दाङको वैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टीको पेशागत सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्लाको १६ औँ पूर्ण वैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा वैठक सम्पन्न भएको हो । वैठकमा प्रमुख अतिथि शितलले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

वैठकले सङ्गठनको ९ औँ जिल्ला सम्मेलन आगामी असोज महिनाभित्र गर्ने निर्णय गरेको छ । सम्मेलन सम्पन्न गर्न डिल्लीराज डाँगी संयोजक रहने गरी २७ सदस्यीय सम्मेलन आयोजक समितिसमेत गठन गरिएको छ ।

वैठकले तुलसीपुर, घोराही र लमहीमा अन्तरक्रिया कार्यक्रम गर्ने, सवै सङ्गठनहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने, शिक्षकहरूका पेशागत हकहित, अधिकारका लागि सङ्घर्ष गर्ने, पालिका स्तरीय कमिटी गठन गर्ने जस्ता विविध महत्वपूर्ण निर्णय गरेको छ ।

यस्तै वैठकले पालिकाहरूमा इन्चार्जहरूको जिम्मेवारी ठोस गरेको छ । जसमा – राप्ती गाउँपालिकामा धनिराम घर्तीमगर, गढवा गाउँपालिकामा कृष्ण हमाल, राजपुर गाउँपालिकामा नरेन्द्र बस्नेत, लमही नगरपालिकामा कविता खनाल, घोराही उप-महानगरपालिकामा हरिलाल चौधरी, तुलसीपुर उप-महानगरपालिकामा मेघराज घिमिरे, वंगलाचुली गाउँपालिकामा चेतनाथ मगर, दंगिशरण गाउँपालिकामा लिलाधर नेपाली, शान्तिनगर गाउँपालिकामा कृष्ण चन्द ठकुरी र बबइ गाउँपालिकामा लिलाधर विकलाई जिम्मेवारी प्रदान गरिएको हो ।

संयोजक डिल्लीराज डाँगीको अध्यक्षतामा बसेको वैठकमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय समिति सदस्य तथा राप्ती व्युरो इन्चार्ज नारायण भण्डारी, सङ्गठनका केन्द्रीय समिति सदस्य निर्मला डिसी, नेकपा घोराही नगर इन्चार्ज तिलक, अखिल नेपाल शिक्षक सङ्गठन दाङका सल्लाहकार समिति सदस्य कृष्ण चन्द ठकुरी र अखिल (क्रान्तिकारी) दाङका पूर्व अध्यक्ष अनिलको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :