नेकपाका नेता शाह जनताको खेतवारीमा व्यस्त

नेकपाका नेता शाह जनताको खेतवारीमा व्यस्त

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी महोत्तरीले अशक्त, विपन्न र असाहय परिवारहरुका घरमा पुगेर जनसेवा तथा जनश्रमका काम गरिरहेको छ । शनिबार मात्रै नेकपाका केन्द्रीय सदस्य तथा धनुषा महोत्तरी इन्चार्ज देव नारायण शाह नेतृत्वको टोलीले महोत्तरीको बर्दिवासमा पुगेर किसानको खेतबारीमा काम गरेको छ । जनश्रम गर्न नेकपाका महोत्तरी सेक्रेटरी पवन महत्तो, जिल्ला सदस्य तिलक लामा लगायतका नेताकार्यकर्ता सहभागी थिए । जनश्रम टोलीको नेतृत्व गरिरहेका नेकपाका केन्द्रिय सदस्य शाहले आफ्नो पार्टीले जनसेवाका काम अन्तर्गत वेसाहारा जनताको घरहरुमा पुगेर सहयोग गरिरहेको जानकारी दिए । केही दिन देखी जनताको खेतबारीमा व्यस्त रहेका नेता शाहले जनताको सेवा गर्न पाउँदा आफु सन्तुस्ट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :