नेकपा अछामद्वारा धान दिवसको अवसरमा जन श्रमदान

नेकपा अछामद्वारा धान दिवसको अवसरमा जन श्रमदान

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी अछामले असार १५ धान दिवसका अवसर पारी जन श्रमदान गरेको छ । तुर्माखाँद गाउँपालिका ४ चिसीमा स्थानीय ६ जना कृषकहरूको खेतमा धान रोपेको हो ।

नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाही ‘प्रतिक’ को नेतृत्वमा जिल्ला सदस्य तिलक बिष्ट ‘दिप’, दलित मुक्ति मोर्चा नेपाल अछामका अध्यक्ष दिलबहादुर विक, युवा सङ्गठन नेपाल अछामका सचिव कुमार क्षेत्री, सुरत बिष्ट, अखिल क्रान्तिकारी अछाम जिल्ला कोषाध्यक्ष कमला बिष्ट लगायत २० जना नेता कार्यकर्ताको उपस्थितिमा सम्पन्न भएको छ ।

युवाहरू रोजगारको सिलसिलामा भारत र अन्य मुलूक गएका कारण गाउँघरमा खेताला अभाव भएको बेला नेकपाले श्रमदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :