मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाको शानदार जित

काठमाडौँ : कोपा अमेरिका फुटबलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध शानदार जित हासिल गरेको छ । मङ्गलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ गोलले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे भने अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल गरेका थिए । बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काएका थिए ।

समूह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क जोडेर शीर्ष स्थानमा छ भने बोलिभिया तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :