विज्ञान र एकीकृत जनक्रान्तिको कार्यदिशा

विज्ञान र एकीकृत जनक्रान्तिको कार्यदिशा

युरोपमा भएको औद्योगिक क्रान्तिको बेलादेखि उन्नाइसौं शताब्दीको आखिरसम्म पुँजीवाद प्रतिष्पर्धाको वाताबरणमा थियो । तर १९ औं शताब्दीको अन्त्यतिर देखा परेको आर्थिक संकटपछि पुँजीवादी उत्पादन पद्धतिमा निकै ठूलो हेरफेर आयो । प्रतिष्पर्धाको वाताबरण समाप्त भएर पुँजीवादी अर्थतन्त्र एकाधिकारीहरूको नियन्त्रणमा गयो । १९औ शताब्दीको औद्योगिक पुँजीवाद आज भुमण्डलीकृत उत्तरसाम्राज्यवादको रुपमा विकास भएको छ । आज खुल्ला बजार उदारिकरणको वकालत गर्ने पुँजीवाद अन्धराष्ट्रवादको संरक्षणवादी निति र धर्मको नाममा आफनो आयु लम्ब्याइ रहेको छ । आज अन्तरसाम्राज्यवादी अन्त्।विरोध पनि नयाँ ढंगले विकास भइरहेको छ । विज्ञान र प्रविधिको विकासले नयाँ परिवेश सिर्जना भएको छ । यसले मानव समाजमा ठूलो परिवर्तन ल्याएको छ । आज विश्व पुरानो अवस्थामा छैन । सन १९९० को दशक देखि दाबी गरिएको एक धुर्वीय विश्व व्यबस्था मात्र होइन, खुल्ला बजारको वकालत गर्ने भुमण्डलीकृत उत्तर साम्राज्यवाद नयाँ चुनौतिको डिलमा खडा भएको छ । प्राकृतिक स्रोत साधन माथिको बेहिसाव दोहन, आणविक भट्टीको बेहिसाव उत्पादन र बिक्री, शिक्षा स्वास्थ्य क्षेत्रमा गरिएको निजीकरण र व्यापारिकरण,आप्रवासीको चाप,अन्तर साम्राज्यवादी स्वार्थको अन्तरविरोध र चरमउत्कर्षको लडाइका कारण पुँजीवाद चरम संकटमा छ । उत्तरसाम्राज्यवाद गम्भीर संकटमा परेको समयमा सर्वहारा वर्गीय आन्दोलनमा कम्युनिस्टहरूले मौलिक र वैज्ञानिक कार्यदिशा दिन नसक्दा पुँजीवादले आफनो संकटलाई समाधान गर्न एक पछि अर्को अल्पकालिन व्यबस्थापन गर्दै आएको छ । त्यसैले यस आलेखमा कम्युनिस्ट, विज्ञान र सर्वहारा वर्गीय राज्यसत्ता प्राप्त गर्ने कार्यदिशाको विषयमा प्रष्ट पार्न प्रयाश गरिएको छ ।

विज्ञान र प्रविधिको विकासले मानव समाजमा ठूलो परिवर्तन ल्याएको छ । बिसौं शताब्दीको मध्यबाट विज्ञान र प्रविधिको विकास,तीनीहरूको आपसी सम्बन्ध,उत्पादनसँग विज्ञान प्रविधिको सम्बन्ध,उत्पादन शक्तिको सम्पूर्ण प्रणालीको विकासमा गुणात्मक परिवर्तन देखिन थाल्यो । यसको विकासले मानव जातिको प्रगति तिब्र बनाएको छ । स्वचालित यन्त्र, परमाणु र नाभिकिय उपक। रणहरू, कम्प्युटरको निमार्ण,किर्तिम भू-उपग्रहको प्रक्षेपण, पूर्वनिर्दिष्ट गुणहरू भएका पदार्थको रासायनिक संश्लेषण सुक्ष्म इलेक्ट्रोनिक्सको खोज जस्ता अद्वितीय उपलब्धीहरू भएका छन । भौतिक उत्पादनका आवश्यकताहरूबाट उत्प्रेरित सम्पूर्ण ज्ञान भण्डारको चौतर्फी विकास सँग विज्ञानको प्रत्यक्ष उत्पादन शक्तिमा रुपान्तरणसँग जोडिएको आजको समाजको प्रगतिको समुच्च रुप हो । विज्ञान र प्रविधिमा भएको विकासले एकातिर उत्पादन र मानिसको जीवनमा सहजता ल्याएको छ भने अर्कोतिर केही समस्याहरू पैदा गरेको छ । विज्ञान र प्रविधिमा भएको विकासले श्रमजीविहरूको विशाल समुदाय श्रमका साधनबाट अलग भएको छ । मानव श्रमको प्रतिस्थापन गरयो । विकसित र अविकसित देशहरूको खाडल गहिरो हुँदै गएको छ समाजिक सम्बन्धहरू परिवर्तन हुँदै गएको छ । मानव समाजमा भ्रष्ट सँंस्कृतिको भद्धा विकृत रुपले स्थान लिन प्रयाश गरिरहेको छ । आर्थिक वृद्धिको दर र उत्पादनको मात्रा विज्ञान र प्रविधिको स्तर माथि निर्भर हुँदै गएको छ । आजको युगका मानिसलाई प्रभाब पारेको विज्ञान र प्रविधिका विकास र यसले मानव समाजमा पार्ने प्रभावका विषयमा हामीले बुझ्नु पर्ने देखिन्छ ।

कुनै पनि ज्ञानको क्रमवद्ध ज्ञानको पद्धतिलाई विज्ञान भनिन्छ । विज्ञानले ब्रह्माण्ड,प्रकृति, समाज र मानव जीवनको तथ्यगत सिद्धान्त र प्रणालीलाई प्रयोगको माध्यमबाट जाँच्ने,त्यसको औचित्य पुष्टि गर्ने र व्याबहारिक प्रयोगको वस्तुगत धरातल खडा गर्दछ । विज्ञानले परिक्षण र पुनःपरिक्षण, प्रयोग र पुन प्रयोगको माग गर्दछ । ज्ञानको वैज्ञानिक कसीको वस्तुगत आधार नै विज्ञान हो । विज्ञानका दर्जनौ शाखा छन । ती मध्य भौतिक विज्ञान र समाज विज्ञानलाई मुख्य रुपमा लिइन्छ । भौतिक विज्ञानले ब्रह्माण्ड, सौर्यमण्डल, पृथ्वी र प्रकृतिका विविध शाखा र घटनाहरूको अध्यय्न गर्दछ भने समाज विज्ञानले समाजिक विकासक्रम, समाजको बनोट,समाजका सदस्यहरूको सम्बन्ध मानव विकासको प्रक्रियाको विषयमा अध्यय्न गर्दछ । भौतिक शास्त्र, रसायनशास्त्र, जीवशास्त्र र गणितशास्त्र भौतिक विज्ञानका प्रमुख शाखाहरू हुन भने इतिहास, अर्थशास्त्र, समाजशास्त्र, मनोविज्ञान, कानून, संस्कृति र चिन्तनका विविध क्षेत्र समाज विज्ञानका अध्यय्नका क्षेत्र हुन । कम्युनिस्टहरूले पदार्थको संंरचना, अस्तित्व र विकासबारे भौतिवादी धारणाको निमार्ण गर्न र भौतिक सामाजिक विज्ञानलाई मानव जातिको हितमा प्रयोग गर्न सकिने सम्भावनाको खोजी र विकास गर्न, विज्ञानले विकास गरेका सम्पूर्ण अन्वेषण र प्रयोगलाई अध्यय्नको क्षेत्र बनाउछन । कम्युनिस्टहरू अन्धविश्वास,रुढीवाद र परम्पराको विरोध गर्छन । प्रकृति समाज र मानव जीवनमा घट्ने घटनाको भौतिवादी ढंगले व्याख्या गनुपर्दछ । कम्युनिस्टले कुनै पनि काल्पनिक वा भ्रामक मिथक र अन्धतामा होइन ,तथ्य र तर्कका आधारमा वैज्ञानिक दर्शनमा विश्वास गर्नु पर्दछ । कम्युनिस्ट सिद्धान्त उत्पादन पद्धतिको विकास र विज्ञानका नियममा आधारित हुन्छ ।

कार्लमार्क्स र एंगेल्सले आदर्शवादका विरुद्ध सघर्ष गर्नु भयो । चेतना र पदार्थमा पदार्थ नै प्रमुख हो भनी पुष्टि गर्नु भयो । जीवन र जगत गतिशिल, परिवर्तनशिल र विकासशिल छ भन्नुभयो । यहि कारणले माक्सवादी दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । माक्सवादी दर्शन विकासमा तत्कालिन वैज्ञानिक आधारहरू छन । त्यतिबेला पृथ्वीको बाहिर अर्थात चट्टानीखण्डको अध्ययन गर्ने भूगर्भ विज्ञान जस्ता विज्ञानका नयाँ शाखाहरूको विकास भएको थियो । जर्मनीका जीव बैज्ञानिक स्लेडेन र स्वान्नद्धारा सन १८३८ देखि ३९ मा आविस्कार भएका सबै जैविक अङ्गहरू निमार्णको आधारभूत इकाई जीवकोष हो भन्ने निष्कर्ष निकालिएको थियो । सन १८४२ देखि १८४७ मा जर्मन भौतिकशास्त्री जुलियम रर्वट मायरद्धारा उर्जा शक्तिको संरक्षण एवं रुपान्तरणको नियम पत्ता लगाइएको थियो । १८५९ मा चाल्स डार्विनको जीव विकासको सिद्धान्तको विकास भएको थियो । यहि पृष्ठभूमिमा कार्लमार्क्स र एंगेल्सले सर्वहारावर्गको मुक्तिको हतियार कम्युनिस्ट घोषणा पत्र तयार गर्नु भयो । डयुरिङ मतखण्डमा एंगेल्सले भन्नु भएको छ“अनुसन्धानको प्रारम्भ विन्दु सिद्धान्त होइन,बरु अनुसन्धानको अन्तिम परिणाम सिद्धान्त हुन्छ । यो सिद्धान्त प्रकृति तथा मानव इतिहासमा लादिदैन,बरु त्यसबाट निकालिन्छ, प्रकृति तथा मानव जातिलाई यो सिद्धान्त अनुरुप हुन जरुरी छैन । उल्टो त्यही हदसम्म सिद्धान्त ठिक हुन्छ,जुन हदसम्म त्यो प्रकृति र इतिहास अनुरुप हुन्छ ।” यसबाट के प्रष्ट हुन्छकि मार्क्सवादी दर्शन भौतिक विज्ञानका आधारमा निमार्ण र विकास भएको हो । लेनीनले यूरोपको पिछडीएको देश रुसमा १९१७ अक्टुवर २४मा “अटुवर क्रान्ति”सम्पन्न गर्नुभयो । लेनीनले रुसमा क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने सवालमा “ठोस वस्तुको ठोस विश्लेषण नै मार्क्सवादको आत्मा हो” भन्नु भयो । उहाँले भन्नु भयो “साच्चीकै भन्ने हो भने मार्क्सवाद भनेको कुनै जीवनहिन जडसुत्र होइन नत परिपूर्ण बनीबनाउ र अनुकुल अघुल्लङनीय सिद्धान्त, बरु कार्यमा जीवन्त मार्गदर्शक हो जसले आश्चर्यजनक रुपमा समाजिक परिवर्तनको अवस्थामा आकस्मिक परिवर्तन प्रतिविम्बन गर्दछ” । आफनो समयमा पुँजीवाद साम्राज्यवादमा पुगेकोले त्यसको साङलो कमजोर छ, यहा एउटै देशमा पनि वैज्ञानिक समाजवादी क्रान्ति हुनसक्छ भनेर रुसमा गरेर देखाउनुभयो । लेनीनको समयमा प्रकृति विज्ञानमा केही आविस्कारहरू भए । एक्सरे, रेडियम, इलेक्ट्रोन, आयोनको सापेक्षताको सिद्धान्तलाई माख र रसियन माखवादीहरूले भौतिकवादको खण्डनको रुपमा प्रयोग गर्न थाले । उनीहरूको पदार्थ लुप्त भयो भन्न थाले । लेनीनले भन्नुभयो पदार्थ लोप भएको होइन बरु हिजोका ज्ञानका सिमाहरू लोप भएका हुन,ज्ञान विस्तार भएको हो । “प्रकृति र आनुभाविक आलोचनावाद” भन्ने पुस्तक लेखेर माखवादीहरूको खण्डनको गर्नुभयो । सन १९६३ माओले सहि विचार कहाँबाट आउछ भनी लेख लेख्नुभयो । याङसियनचि ले “दुइ एकमा मिल्छन” भन्ने विचार ल्याएको थियो । यो ल्यु साओ चीको दर्शन थियो । यसलाई खण्डन गर्दै माओले “एक दूईमा विभाजन हुन्छ ” भन्दै सहि विचार उत्पादनका लाागि संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोग यी तीन वटा सामाजिक व्यावहारबाट आउछ भन्नुभयो । सहि ज्ञान पदार्थबाट चेतनातिर र फेरि पदार्थ मै फर्कने प्रक्रिया तथा व्यावहार बाट ज्ञानतिरर फेरि व्यवहार मै फर्कने प्रक्रिया धेरै पटक दोहोरिय पछि मात्र प्राप्त गर्न सकिन्छ भनि द्धन्दात्मक भौतिकवादी सिद्धान्तको विकास गर्नुभयो ।

हरेक समाजिक व्यवस्थामा मानव श्रम र सिप नै उत्पादक शक्ति हुन्छ । अहिले उत्पादन शक्ति सँग विज्ञान र प्रविधि जोडिएको छ । मानव समाजको आधरभुत संरचनालाई बदलेको छ । प्रत्येक समाजको मुख्यतः उत्पादन शक्ति भनेको मानव श्रम हो । आजको विश्वमा भएको विज्ञान प्रविधिको विकासले नयाँ सामाजिक व्यवस्थाको माग र निमार्ण गर्दछ, विज्ञान जगत त्यो विजाणु हो,जसमा भावी समाजको भुर्ण रहेको हुन्छ । अबको त्यो भावी समाज भनेको बैज्ञानिक समाजवादी साम्यवादी राज्यव्यवस्था हो । अहिले उत्पादक शक्ति र वर्तमान पुँजीवादी व्यबस्था बीच तिब्र अन्तरविरोध पैदा भएको छ । पुँजीवादले मानव श्रमलाई विस्थापन गरेर थोरै व्यक्तिको हातमा सम्पति केन्द्रीत गरेको छ । मानव समाजको वर्गीय संरचना बदलिएको छ । मध्यम वर्गको संख्या बढेको छ । अधिकांशलाई दरिद्र बनाएको छ यो समस्याको हल भनेको असिमित क्षमता भएको विज्ञान प्रविधिलाई निजी स्वामित्व बाट मुक्त गरेर सामुहिक स्वामित्वमा ल्याउनु पर्दछ । यो कुरा वैज्ञानिक समाजवादी साम्यवादी व्यवस्थामा मात्र समानता कायम गर्न सकिन्छ । वैज्ञानिक समाजवादमा निजी स्वामित्व हुदैन । मानव मानव बीच समानताको राज्य बनाउन पुँजीवाद बाधक छ । यसलाई फ्याँक्नका लागि नयाँ मौलिक क्रान्तिको आवश्यकता परयो । नयाँ शिराबाट श्रमजीविहरूलाई संगठित गरेर असमानताको राज्य व्यवस्था पुँजीवादलाई फयाँकेर वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन क्रान्तिको नयाँ मोडेल एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र सम्भव छ । आज विज्ञान र प्रविधिमा आएको विकासले मार्क्सवादको थप विकास गरि नयाँशिराबाट कार्यदिशालाई सम्वृद्ध गर्न जरुरी छ । यसका लागि हाम्रो पार्टीको महासचिव क. विप्लवद्धारा अन्वेषण गरिएको एकीकृत जनक्रान्तिको कार्यदिशा जसलाई हामीले अभ्यास गरिरहेका छौ । यो कार्यदिशाको विज्ञानसँग द्धन्दात्मक सम्बन्घ छ । यसले द्धन्दात्मक भौतिकवादको थप विकास गरेको छ ।

प्रकृति विज्ञानमा भएको विकासलाई दार्शनिकीकरण गर्न र विज्ञान प्रविधिलाई आदर्शवादको विरुद्ध प्रयोग कसरी गर्ने भन्ने मुख्य प्रश्न हो । यसका लागि भौतिकशास्त्री स्टेफन्स हकिङसको समयको संक्षिप्त इतिहासले गरेको निश्कर्षलाई समाज विज्ञान सँग जोडनु पर्दछ । स्टेफेन्स हकिङसको एकीकृत भौतिक विज्ञानको सिद्धान्त भनेको ब्रह्माण्डका सम्पूर्ण कुरा सापेक्ष रुपमा हेर्ने सापेक्षताको सिद्धान्त र निरपेक्ष रुपमा रुपमा पत्ता लगाउन बाँकी रहिरहने अनिश्चयतताको सिद्धान्त जस्ता विपरितहरूको एकता हो,यो द्धन्दवादको विकास हो । हकिन्सले फोटोन देखि ब्रह्माण्ड सम्मको ज्ञान हासिल गर्ने एकीकृत भौतिकशास्त्रको विकास गर्नु भयो । अल्वर्ड आइस्टाइनले ब्रह्माण्डका अजङ्गका वस्तुहरू लाई हेर्ने सापेक्षताको सिद्धान्त प्रतिवादन गरेको थिए । स्वंय आइनस्टाइन,म्याक्स प्लँक र अहिले सम्मका सबै वैज्ञानिकहरूले सबभन्दा सुक्ष्म बस्तुलाई हेर्ने क्वान्टम सिद्धान्त अथवा अनिश्चयतताको सिद्धान्त खोजी गर्दै आएका थिए । अनिश्चयतताको सिद्धान्त भन्नुको अर्थ हो अहिले सम्म यति कुरा आविस्कार भयो अरु बाँकी छ भन्ने हो । स्टेफन्स हकिङसले सापेक्षताको सिद्धान्त र अनिश्चयतताको सिद्धान्तलाई जोडेर एकीकृत भौतिक शास्त्रको विकास गर्नुभयो । सापेक्षता र अनिश्चयतता जस्ता विपरितहरूको एकता अथवा द्धन्दात्मक भौतिवादको विकास हो । यसलाई हाम्रो पार्टीको महासचिव क. विप्लवले समाज विज्ञानमा अन्वेषण गरेर सामाजिक राजनैतिक क्रान्तिमा एकीकृत जनक्रान्ति कार्यदिशाको विकास गर्नु भयो । जुन कार्यदिशा हामीले कार्यन्वयन गरिरहेका छौ । यो कार्यदिशामा प्रकृति विज्ञान र समाज विज्ञानको द्धन्दात्मक सम्बन्ध रहेको छ । यो विज्ञान र प्रविधिमा अभिब्यक्त भएको छ । कम्प्युटर ,आधुनिक स्मार्ट मोवाइल भौतिक शास्त्रको राम्रो अभिव्यक्ति हो । विकास निमार्णमा काम गर्ने डोजर स्काभेटर आदि पनि बहुआयमिक छन । त्यसैले वैज्ञानिक र प्राविधिक आविस्कारका तथ्यहरूको अध्यय्नबाट हाम्रो राजनैतिक कार्यदिशा पनि “एकीकृत जनक्रान्ति” भएको हो । यो कार्यदिशाले प्रकृति विज्ञानसँग एकाकार भई द्वन्दात्मक भौतिकवादको विकासमा महत्वपूर्ण योगदान पुरयाएको छ ।

केही खुश्चेवी धातुका सन्तानहरूले सफट्वेयरको विकासले गर्दा पदार्थ लोप भयो र पदार्थ छैन । मस्तिष्क र सफट्वेयरको बीचको अन्तर लोप हुँदैछ भनेर आज द्धन्दात्मक भौतिकवादमाथि हमला गरिरहेका छन । कम्युनिस्ट आन्दोलनमा जरा गाडेर बसेको संसोधनवादीहरू र प्रतिक्रियावादीले,कम्युनिस्ट दर्शन सिद्धान्त प्रणाली,व्यवबहार र आचरणमा भ्रष्टीकरण र हमला गरिरहेका छन । यो कुरा बुझनु पर्दछ कि सफ्टवेयरको नियम मानिसले थाहा पायर नै प्रयोग गर्दछ । यो पर्दाथको गतिको नियमले नै विकास गरेको हो । विज्ञान र प्रविधिमा जुन नयाँ नयाँ खोज र अनुसान्धान भएका छन भएका छन, ती प्रकृति मानव समाज र मानव चिन्तनकै परिणाम हुन । कुनै पनि पदार्थको पुर्ण ज्ञान अहिले नै भइहाल्छ भन्ने हँदैन त्यो भोलिको पिंढीले खोज्दै जान्छ । अहिले देखा परेका खुश्चेवी धातुका सन्तानहरूको विचारलाई पराजय गरी दर्शन र विचारधारामा आएको विचलनलाई अन्त गर्न मालेमावाद र विज्ञानको अध्यय्न अन्वेषण गरी हाम्रो देशको मौलिकतामा क्रान्ति सम्पन्न गर्न हाम्रो पार्टीको महासचिव क. विप्लवले एकीकृत जनक्रान्तिको कार्यशिाको अन्वेषण गर्नुभएको छ । यो कार्यदिशाको विज्ञान संग द्वन्दात्मक सम्बन्ध रहेको छ । आधुनिक विज्ञानका विविध क्षेत्रमा भएको विकासको आधारभुत ज्ञान बिना कम्युनिस्टहरूले समकालिन समाज र व्यबस्थालाई बुझ्न र बदल्न सम्भव हुदैन । यस्तो ज्ञानको लागि मालेवावादमा विकास गर्न विज्ञानले गरेका आविस्कारको गहिरो अध्यय्न गरि भौतिक विज्ञानसँग समाजविज्ञानलाइ जोडनु पर्दछ । अध्ययन, अनुसन्धान र अन्वेषण बाट प्राप्त ज्ञान बुद्धिवाद र विर्मशको लागि होइन, समाज परिर्वतन र नयाँ व्यवस्था ल्याउनको लागि हुनुपर्दछ । त्यो कार्यभार हाम्रो एकीकृत जनक्रान्तिको कार्यदिशाले पुरा गरेको छ । संसारमा हेरक चिज परिवर्तन र गतिशिल हुन्छ । एंगेल्सले भन्नु भएको छ “महान मौलिक विचार यो हो, जसले बिश्वलाई बनिबनाउ वस्तुहरूको रुपमा होइन बरु प्रक्रियाको पूर्णताको रुपमा ग्रहण गर्दछ । विश्वमा स्थायी प्रतित हुने वस्तु नै हुँदैनन् ।”. विशाल पिण्डहरूको अध्यय्न गर्ने सापेक्षताको सिद्धान्त र सुक्ष्म कणिकाहरूको अध्यय्न गर्ने क्वान्टम यान्त्रिकी अथवा अनिश्चयतताको सिद्धान्तलाई एकीकृत गर्ने भौतिकशास्त्र विपरितको एकता हो । प्रकाश पनि कणिका र तरङ्गको एकता हो । त्यसैले हाम्रो पार्टी महासचिव क. विप्लवको नेतृत्वमा कार्यन्वयन भईरहको एकीकृत जनक्रान्तिको कार्यदिशा पनि अहिले भौतिक विज्ञान र समाज विज्ञानमा आएको बदलावको एकीकृत रुप हो । यो अन्वेषणलाई हामीले हाम्रो देशको आन्दोलनको वास्तविक जीवनमा प्रयोग गरिहेका छौ । यो निम्न अवस्थाबाट माथिल्लो अवस्थामा विकासको प्रक्रियामा छ । यो एकीकृत जनक्रान्तिको कार्यदिशा द्वन्दात्मक भौतिकवादको विकास हो र यसको विज्ञान सँग अन्योन्याश्रित सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :