नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम पूर्ण बैठक सम्पन्न

 दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम पूर्ण बैठक असार-९ गते बुधबार सम्पन्न भएको छ। नेकपाको १०औँ केन्द्रीय समितिको पूर्ण बैठक पछिको गाउपालिकाको प्रथम पूर्ण  बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।

नेकपा शान्तिनगर-दंगिशरण गाउपालिकाको प्रथम बैठकलाइ सम्बोधन गर्दै दाङ जिल्ला सेक्रेटरी तथा वैठकका प्रमुख अतिथी प्रदिपले बदलिँदो परिस्थितिको असाधारण जिम्मेवारीलाई आत्मसात गर्दै जनतासंग वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा दृढतापुर्वक जुट्न अपिल गरे। 

वैज्ञानिक समाजवाद नै अहिलेको सम्पूर्ण संकटको समाधान भएको बताउदै प्रमुख अतिथी प्रदिपले जनता वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्तिका लागि जस्तोसुकै जोखिम मोल्न तयार भएको बताए। उनले भने,”हामी शान्तिपुर्ण बाटोबाट अधिकार प्राप्तिको दिशामा दृढ छौ तर राज्य जिम्मेवार हुनुपर्छ ।”

नेकपा शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। गाउपालिकाको प्रथम पूर्ण बैठकले ३६ सदस्यीय गाउपालिका स्तरीय समिति चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :