शिक्षक संगठनले नगरपालिकालाई ज्ञापनपत्र बुझायो

शिक्षक संगठनले नगरपालिकालाई ज्ञापनपत्र बुझायो

धनगढी :अखिल नेपाल शिक्षक संगठन कैलालीले गोदावरी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ। सरकारले बजेट भाषणमा शिक्षक र अन्य कर्मचारीलाई गरेको विभेद हटाइनुपर्ने, बाल विकास शिक्षक र विद्यालय कर्मचारीको छुट्टै दरबन्दी कायम गरि पेशागत सुरक्षा गरिनुपर्ने, बाल विकास शिक्षकको न्युनतम तलब १५ हजार कायम गरिनुपर्ने, विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी कायम गरिनुपर्ने, सरकारले कर्मचारीलाई दिने १० दिने पर्यटन काज बिदा बाल विकास शिक्षक र कर्मचारीलाई पनि दिइनुपर्ने, नगरस्तरीय शैक्षिक छलफलमा अखिल नेपाल शिक्षक संगठनलाई समेत सहभागि गराइनुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाएको हो । गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिंह साउँदलाई ज्ञापनपत्र बुझाउँदै संगठनका कैलाली इन्चार्ज तथा केन्द्रीय परिषद सदस्य ललन प्रसाद चौवेले गोदावरी नगरपालिकाको समग्र शैक्षिक विकासका निम्ति संगठन योगदान गर्न तयार भए पनि नगरपालिकाले सहयोग लिन कन्जुस्याई गरेको बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संगठनका केन्द्रिय परिषद सदस्य कुम्भराज बडुवाल कैलाली अध्यक्ष राम प्रसाद तिमिल्सेना लगायत अन्य शिक्षक हरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :