अखिल (क्रान्तिकारी)ले भन्यो – विद्यालयमा आर्थिक हिनामिना भयो

अखिल (क्रान्तिकारी)ले भन्यो – विद्यालयमा आर्थिक हिनामिना भयो

नुवाकाेट : अखिल (क्रान्तिकारी) जिल्ला समिति, नुवाकोटले वेलकोटगढी नगरपालिका-२ मा रहेको श्री श्रमिक आधारभूत विधालयका प्रधानअध्यापक राजु लामिछानेले नगरबाट निकासा हुने संस्थाको रकम हिनामिना गरेको बताएको छ । केही समयदेखि ७ जना शिक्षक, कर्मचारीहरुको तलब ५ लाख ३३ हजार ३९० हिसाबमा नदेखिएको, श्रम गर्ने श्रमिकको ज्याला रकम नदिएको, विद्यालयमा विभिन्न शिर्षकमा निकासा हुने रकम पोशाक, छात्रवृत्ति, खेलकुद, विज्ञान प्रयोगशाला, खाजा भत्ता, पुस्तकालय आदिमा भ्रष्ट्राचार गरेको क्रान्तिकारीले बताएको छ । क्रान्तिकारीका नुवाकोट जिल्ला संयोजक मेघेन्द्र न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयका प्रधानअध्यापक घिमिरेले राजनीतिक आडमा गुन्डागर्दी, आर्थिक अनियमितता लगायतका कार्य गरेको कारण आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :