बाढीपहिरो अपडेट : ११ जनाको मृत्यु, ११ घाइते र २५ बेपत्ता

बाढीपहिरो अपडेट : ११ जनाको मृत्यु, ११ घाइते र २५ बेपत्ता

काठमाडौँ : देशभरका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ । भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण देशका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो ।

बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक/एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना, जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना, बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक/एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने, बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्णरूपमा र ११४ घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :