उत्पादनमा लाग्यो नेकपा

उत्पादनमा लाग्यो नेकपा

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुको जनसेवकले विजयनगरमा बाख्रापालन सुरु गरेको छ । करिब पाँच कट्ठा जग्गामा १०० वटा उत्पादन क्षमताको फारम निर्माण गरी ५० वटा बोयर र पहाडी जातका बाख्राको पाल्न सुरु गरिएको जानकारी जनसेवकका हेमन्त थारूले दिए ।

यसको उत्पादन क्षमता करिब ५०० लक्ष्य राखिएको र केही महिनामै मासु बिक्री केन्द्र पनि स्थापना गरिने उनले बताए ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण सङ्गठनलाई उत्पादनमा जोड्ने नीति लिएपछि पार्टी समितिहरू उत्पादनमा लागेका हुन् । अन्यत्र पनि उत्पादनकार्य सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :