नेकपा दाङद्वारा विक र खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

नेकपा दाङद्वारा विक र खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टी सदस्य हरि विककी पत्नी सुन्तली विकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य वीरेन्द्र विक र अखिल नेपाल शिक्षक सङ्गठन दाङ जिल्ला सदस्य विवेककुमार विककी जेठी आमा शान्तिनगर गाउँपालिका ३ निवासी सुन्तली विकको जेठ १५ गते ६५ वर्षको उमेरमा निधन भएको हो । पार्टीले मृतक सुन्तली विकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी दाङका विशेष समिति सदस्य युवराज केसीका हजुरबुबा तुलसीपुर उपमहानगरपालिका १२ हेमनगर निवासी टोपबहादुर खत्रीको जेठ १७ गते ९४ वर्षको उमेरमा निधन भएकोमा नेकपा दाङले मृतक खत्रीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । नेकपा दाङका सेक्रेटरी प्रदीप वली मृतकको घर पुगी श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :