कटुवाल, अधिकारी, पौडेल र ढुङ्गाना पार्टीका मान्छे होइनन्, सावधान ! : जनगणतान्त्रिक सम्पर्क मञ्च

कटुवाल, अधिकारी, पौडेल र ढुङ्गाना पार्टीका मान्छे होइनन्, सावधान ! : जनगणतान्त्रिक सम्पर्क मञ्च

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका अध्यक्ष कमानसिंहले विज्ञप्ति जारी गरी पहिले नै कारबाहीमा परिसकेका र पार्टीको सम्पर्कमै नरहेका सुरेश अधिकारी, दुर्गा अधिकारी, अर्जुन कटुवाल, बुद्धि ढुङ्गाना र विक्रम पौडेलले सङ्गठनको नीतिविपरीत पुरानो चिठी–रसिद दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको पाइएकाले उनीहरूसँग सावधान रहन सचेत गराएका छन् ।

कमानसिंहले जारी गरेको विज्ञप्तिमा उनीहरू पार्टी प्रतिबन्धित भएको अवधिभर सम्पर्कविहीन रहेको र त्यसयता पनि हालसम्म सङ्गठनको कुनै समितिमा नरहेको अवस्थामा मञ्चको लेटरप्याड दुरुपयोग गरी रकम असुलिरहेको पाइएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७८/२/१८ गते हाम्रो गौरवशाली सङ्गठन जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति, नेपालका पदाधिकारीहरुको भर्चुअल बैठक बस्यो । कोरोना भाइरस (कोभिड–१९) को यो महामारीको बेलामा पार्टीको सम्पर्कमा नरहेका, पहिले नै कारबाहीमा परिसकेका सुरेश अधिकारी, दुर्गा अधिकारी, अर्जुन कटुवाल, बुद्धि ढुङ्गाना र विक्रम पौडेलले सङ्गठनको नीतिविपरीत पुरानो चिठी–रसिद दुरुपयोग गर्दै आर्थिक अनियमितता गरेको प्रमाणित भएको छ । उनीहरू पार्टी प्रतिबन्धित भएको अवधिभर सम्पर्कविहीन थिए र त्यसयता हालसम्म सङ्गठनको कुनै पनि समितिमा छैनन् । तसर्थ पार्टीसँग असम्बन्धित उपरोक्त नामका व्यक्तिहरूसँग आर्थिक कारोबार र राजनीतिक सम्पर्क नगर्नुहुन मञ्चका सम्पूर्ण समिति, जनसमुदाय, सहयोगी र उद्योगी–व्यवसायीहरूलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :