अखिल (क्रान्तिकारी) द्वारा मास्क र सेनिटाइजर वितरण

अखिल (क्रान्तिकारी) द्वारा मास्क र सेनिटाइजर वितरण

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले कोरोनाविरुद्ध जनचेतनामूलक अभियानअन्तर्गत शुक्रबार जिल्लाका विभिन्न ठाउँमा मास्क, सेनिटाइजर र सङ्गठनले प्रकाशन गरेको २०७८ सालको भित्तेपात्रो वितरण गरेको छ ।

सङ्गठनले यसअघि पनि कोरोनाविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा सार्वजनिक स्थलमा जनस्वास्थ्यसम्बन्धी चेतनामूलक सन्देशको ब्यानर टाँस्ने र सामाजिक सञ्जालमार्फत एकै दिन जनस्वास्थ्यसम्बन्धी चेतनामूलक सन्देशहरू प्रसारण गर्ने काम गरेको थियो । अभियानलाई निरन्तर जारी रहने सङ्गठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :