अखिल (क्रान्तिकारी) कपिलवस्तुले गर्यो कोरोनाविरुद्ध ब्यानर प्रदर्शन

अखिल (क्रान्तिकारी) कपिलवस्तुले गर्यो कोरोनाविरुद्ध ब्यानर प्रदर्शन

कपिलवस्तु : अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाका बुद्धभूमि नगर, शिवराज नगर, वाणगङ्गा नगरअन्तर्गत ४ नम्बर, बाङ्गाई, कोपोवालगायत विभिन्न सार्वजनिक स्थलहरूमा कोभिड १९ विरुद्ध जनचेतनामूलक ब्यानर टाँगेको छ ।

लुम्बिनी क्षेत्रीय समन्वय समितिले बिहीबार कोभिड १९ बाट आफू पनि बच्न र अरूलाई पनि बचाउन अपिल गर्दै विभिन्न जिल्लामा ब्यानर टाँगिएको सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बताए ।

अभियानमा जिल्ला सचिव विनोद गिरी, सपना, विष्णु, सङ्गीता, प्रकाश, करिश्मालगायत जिल्लाका विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :